काठमाडौँ, १४ भदौ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा कार्यरत एक जवानले आफैँले बोकेको एसएलआर राइफलबाट गोली हानी आत्महत्या गरेका छन् । आत्महत्या गरेको भनिएका ती सिपाहीको शवसँगै एउटा नोट भेटिएको छ । यद्धपी उक्त नोटमा के लेखिएको छ भन्ने खुलेको छैन ।
तनहुँ रानीपोखरी निबासी २७ वर्षीय सिपाहीले ड्युटीकै समयमा बिहान करिब ३ं बजे आत्महत्या गरेको थिए ।
ड्युटी बदली हुने समयमा एक्लो रहेको अवस्थामा घटना उनले आत्महत्या गरेको खुलेको छ । सिपाहीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटना भएलगत्तै निजका आफन्तलाई जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।
घटनास्थलमा उनले बोकेको मोबाइल र हतियार समेत भेटिएको छ । उनले उक्त नोटमा आत्महत्या गर्नुपर्नाका कारण लेखेको बताइएको छ । आत्मत्याको विषयमा नेपाली सेना र नेपाल प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गर्ने बताइएको छ ।