प्रधानमन्त्रीले स्वीस बैंकमा ६६ करोड लुकाएको खबर ‘झूटो’ : समाचार लेख्ने आतंकवादका अब्जर्भर !

दियो पोस्ट  

काठमाडौं, १५ भदौ । केही दिनअघि फ्रान्सको पेरिसबाट सञ्चालित ग्लोबल वाच एनालाइसिसले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीस बैंकमा ५५ लाख डलर अर्थात ६६ करोड रुपैयाँ लुकाएको खबर छापेको थियो । तर, उक्त खबर झूटो रहेको पाइएको छ ।

स्वीस बैंकले नै प्रधानमन्त्री ओलीको नाममा बैंकमा कुनै खाता नभएको भन्दै सोही अनलाइनलाई खण्डन गरेको पाइएको छ ।


उक्त खण्डन ग्लोबल वाच एनालाइसिसले प्रकशन गरेको छ । यसअघि उक्त अनलाइनले स्विस बैँकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यकै खाता रहेको र ५५ लाख डलर लुकाएको उल्लेख गरेको थियो ।

यसअघि कुनै नाम नै नसुनिएको उक्त अनलाइनले खबर छापेपछि नेपाली सञ्चार माध्यमले समेत त्यसलाई स्थान दिएका थिए ।


उक्त समाचार लेख्ने व्यक्ति पत्रकार समेत नभएको पाइएको छ । लेखक रोल्याण्ड ज्याकार्ड एक विवादास्पद व्यक्ति रहेको समेत पाइएको छ । उनले आफूलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको कन्सल्ट्यान्ट सदस्य बताउँदै आएका छन् ।

उनले आतंकवादी संगठनका नाइके ओसामा विन लादेनको जीवनबारे किताब समेत लेखेको खुलेको छ ।

फ्रान्सको प्रख्यात पत्रिका ले मोन्डले सन् २०१५ मा लेखे अनुसार रोल्यान्ड इन्टरन्यासनल टेररिजम अब्जरभेटरी नामको गैर सरकारी संस्थाका अध्यक्ष हुन् ।

उनी अध्यक्ष भएको संस्थामा कुनै सदस्य समेत छैनन् । उनी आफै सदस्य छन् । यो संस्थाको कुनै आधिकारीक ठेगाना, वेभसाइट वा टेलिफोन नम्बर समेत छैन ।

उनको विश्लेषण फ्रान्समै समेत विवादित हुने गरेको पाइएको छ । ग्लोबल वाच एनालाइसिसको इपेपरमा हेर्दा उनी पत्रकार वा संवाददाताको रुपमा नभई काउन्टर टेरोरिजम र सेक्युरिटि इन्टेलिजेन्सको कन्सल्ट्यान्टको रुपमा उल्लेख गरिएको छ ।

विश्लेषक बताउने उनले कसरी नेपालको प्रधानमन्त्रीको स्वीस बैंकमा खाता रहेको विषय उठान गरे ? उनको स्वार्थ के हो भन्ने विषयमा नेपाल सरकारले नै छानबीन गर्नुपर्ने देखिन्छ ।

यद्धपी समाचार प्रकाशित भएपछि स्विस बैंकले ग्लोबल वाच नामक अनलाइनमा खण्डन गरेको छ । उक्त खण्डनमा प्रधानमन्त्री ओली र उनको परिवारको नाममा कुनै खाता स्वीस बैंकमा नरहेको उल्लेख गरिएको छ ।


उनले ‘इन द नेम अफ ओसामा विन लादेन :ग्लोबल टेरोरिजम एण्ड द विन लादेन ब्रोदरहुड’ नामक पुस्तक समेत लेखेको दाबी गरिएको छ । केही जर्नलहरुमा लेखिए अनुसार उनले चीन विरुद्ध स्वतन्त्र तिब्बत समर्थित गतिविधिलाई समेत सघाउ पुर्याएको देखिन्छ ।

Roland Jacquard, journaliste et écrivain, le 28 février 1992, à Paris, France. (Photo by Ulf ANDERSEN/Gamma-Rapho via Getty Images)

नेपालमा प्रधानमन्त्री ओलीमाथि चीनको लगानी रहेको र उक्त रकम स्विस बैंकमा लुकाएको विवादास्पद समाचार पनि चीन विरोधी गतिविधिकै एउटा कडि रहेको कतिपयको विश्लेषण छ ।


उनले लेखेको ओसामा विन लादेन सम्बन्धि किताबमा अल्जाजिरा लगायत टेलिभिजनले आतंकवादलाई प्रश्रय दिएको गम्भिर आरोप समेत लगाइएको छ ।

TATA ADD