डिएसपी सरुवामा बेथिती : एकैदिन एउटै डिएसपीको हेटौंडा सरुवा, काजमा सर्लाही !

दियोपोस्ट संवाददाता

काठमाडौं, १५ भदौ । प्रहरी प्रधान कार्यालयले नेपाली प्रहरीका ७२ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरुवा निकालेको छ । प्रहरीको सरुवा बढवामा बेथिति हुने गरेको समाचार यसअघि पनि नआएको होइन ।


यसपटक गरिएको सरुवामा पनि व्यापक बेथिति भएको पाइएको छ । केही एकैदिन सरुवा र काज भएको लाजमर्दो प्रमाण फेला परेको छ ।


महानगरीय प्रहरी अपराध महासाखामा कार्यरत डिएसपी हुन् उद्धवसिंह भाट । वागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडामा दरबन्दी भएपनि उनी लामो समयदेखि महासाखामै कार्यरत थिए ।

सोमबार निस्कीएको सरुवा अनुसार उनी वागमति प्रदेश प्रहरी गण हेटौंडा जानुपर्ने हो । तर, एकै दिन उनको काज सरुवा भने अन्तै भएको भेटिएको छ ।

प्रहरी प्रधान कार्यालयले उनलाई आजै दिएको काज सरुवा पत्र अनुसार उनलाई इलाका प्रहरी कार्यालय बारहथवा सर्लाही काज सरुवा गरिएको पाइएको छ ।

शक्तिको आडमा उनको काज सरुवा भएको स्रोत बताउँछ ।

सम्बन्धित खबर

सिफारिस