राष्ट्र बैंकको सर्कुलर लत्याएर सांग्रिला विकास बैंकद्वारा ऋणीमाथि सुचना आतंक !

diyopost.com
दियो पोस्ट  बुधबार, साउन २०, २०७८ | २०:५१:५८

काठमाडौं, १९ साउन । बैंक तथा वित्तिय संस्था नियामक निकाय नेपाल राष्ट्र बैंक बालुवाटारमा अवस्थित छ । राष्ट्र बैंकको ढोकैमा एउटा विकास बैंक छ जसको नाम हो – सांग्रीला विकास बैंक । तर, ढोकामै रहेको उक्त बैंकले राष्ट्र बैंकको सर्कुलरलाई लत्याएको पाइएको छ ।


गत जेठ ११ गते राष्ट्र बैंकले जारी गरेको सर्कुलरको बेवास्ता गर्दै कोरोना महामारीमा ऋणीलाई तनाव दिएको पाइएको हो ।


कोरोना महामारीका कारण मारमा परेका ऋणीलाई लक्षित गर्दै राष्ट्र बैंकबाट मान्यता प्राप्त क, ख र ग वर्गका सबै बैंक तथा वित्तिय संस्थाहरुलाई निषेधाज्ञा अवधि सकिएको एक महिनासम्म कुनै पनि ऋणीको घर जग्गा लिलामी नगर्न स्पष्ट निर्देशन थियो ।

‘निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तिय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सुचना वा लिलामी सम्बन्धी सुचना जारी गर्न पाइने छैन,’ राष्ट्र बैंकद्वारा जारी सर्कुलर भनिएको छ । तर, राष्ट्र बैंकको गेटैमा रहेको बैंकले अवज्ञा गरेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयहरुले केही सेवा सुचारु गरेपनि निषेधाज्ञा अझै जारी गरेका छन् । काठमाडौंमा अझै निषेधाज्ञा थपिएकै छ । व्यापार व्यावसाय सञ्चालनमा भएपनि कारोबार शुन्य प्राय छ । तर, बैंक तथा वित्तिय संस्थाहरुले यस्तो बेलामा पनि ऋणीको घर जग्गा खाने नियतले लिलामी र ३५ दिने सुचना निकालीरहेका छन् । आज प्रकाशित अन्नपूर्ण पोस्टमा सांग्रीला विकास बैंकले एक ऋणीलाई ३५ दिने सुचना निकालेको छ ।


राष्ट्रल बैैंकका एक अधिकारीले निषेधाज्ञा अवधि सकिएको एक महिनासम्म कुनै पनि बैंकले लिलामी सम्बन्धी सुचना निकाले परिस्थिति हेरेर कारबाही गर्ने बताए ।

सम्बन्धित खबर