कुलमानको मुद्दामा प्रधानन्यायाधीशले आफ्ना ‘मान्छेलाई’ मन्त्री दिनुपर्ने शर्त राखेको खुलाशा !

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०९, २०७८ | २२:४९:१५

काठमाडौं, ९ भदौ । प्रधानन्यायाधीश चोलेन्द्रश सम्शेर जबराले २ पटकसम्म प्रतिनिधिसभाको पुनस्थापना गर्ने फैसला गरेपछि उनले ऐतिहासिक कार्य गरेको भन्दै चर्चा हुने गरेको छ ।


हुन पनि जबराले गरेको फैसलाका कारण यतिबेला मुलुक एउटा ट्र्याकमा आएको छ । तर, प्रधानन्यायाधीश जबराले वर्तमान सरकारमाथि अनौठो सर्त राखेको खुलाशा भएको छ ।


जबराले आफ्ना केही नातेदारलाई मन्त्री बनाइदिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष प्रस्ताव गरेका छन् । तत्कालिन केपी ओली समक्ष प्रधानन्यायाधीश जबराले आफ्ना भिनाजु नाता पर्ने धादिङको नौविसेमा केपी सिमेन्ट उद्योगका मालिक केपी उप्रेतीलाई मन्त्री बनाउन माग गरेको चर्चा थियो ।

ओलीले बालकोटमा आफू निकटकाहरुलाई गरेको ब्रिफिङमा भिनाजु उप्रेती र सम्धी तथा पूर्व गभर्नर तिलक रावललाई मन्त्री बनाउन माग गरेको यसअघि नै सार्वजनिक भएको हो ।


तत्कालिन प्रधानमन्त्री ओलीलाई जबराले अर्का एक विवादास्पद व्यापारीलाई समेत मन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

बालुवाटार जग्गा काण्डका अभियुक्त तथा नेपालमा रहेर ब्रिटिश भर्जिन आयरल्याण्डमा कालोधन लुकाउँदै आएका व्यापारी सुहृद घिमिरेलाई मन्त्री बनाउनुपर्ने माग राखेका थिए ।


अहिले जबराले फेरी आफ्ना सम्धी तिलक रावलसहित एक अर्को व्यक्तिलाई मन्त्री बनाउनुपर्ने माग गरेका छन् ।

त्यस्तै अर्का विचौलिया दीपक तिमिल्सिनालाई मन्त्री बनाउनुपर्ने माग गरेका छन् । प्रधानन्यायाधीश जबराले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङ विरुद्धको मुद्दामा समेत यसलाई बार्गेनिङ प्वाइन्ट बनाएको खुलेको छ ।

कुलमान विरुद्धको मुद्दामा यसअघि कुमार रेग्मीको इजलाशमा सुनुवाई हुने कजलिस्ट थियो ।

तर, रेग्मीले कुलमानको मुद्दामा आदेश दिँदा चौतर्फी विरोध र आलोचना हुने भएपछि पञ्छिएका थिए । सर्वोच्चको सबै न्यायाधीश कुलमानको मुद्दामा पञ्छिएपछि जबराले आफ्नो बेञ्चमा पारेका थिए ।

सोमबार जबराको इजलाशमा बहस हुनुअघि नै मन्त्री मण्डलमा आफ्नो मान्छे सामेल गराउनुपर्ने जबराको माग रहेको उच्च स्रोतले दियोपोस्टलाई बतायो ।

‘कुलमानलाई थामौती गर्दा २ वटा आफ्ना मान्छेलाई मन्त्री बनाइदिनुपर्ने प्रधानन्यायाधीशको माग थियो,’ कुलमान निकट स्रोतले भन्यो,‘कुलमानले मन्त्री बनाइदिने औकात आफ्नो नभएको बताउनु भयो । त्यसपछि तीन दिन भित्र कागजात झिकाउने आदेश आयो ।’


प्रधानन्यायाधीश जबराले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवामाथि दबाव श्रृजना गरेको उच्च स्रोतको दाबी छ । तर, जबरा निकटका व्यक्तिलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा जबराको स्वभाव त्यस्तो नभएको बताए ।

‘उहाँ एक निष्कलंक व्यक्ति हो । अघिल्लो ओली सरकारको पालामा पनि उहाँले कहिल्यै कसैलाई मन्त्री देउ भन्नु भएन । अहिले त भन्ने कुरै भएन । उहाँको कार्यकालमा नेपालको न्यायालयले दुई –दुई पटकसम्म संसद पुनस्थापना गरेर ऐतिहासिक कार्य गरेको छ,’ उहाँ आम नेपालीको न्यायको मन्दिर हो । उहाँमाथि यस्तो लाञ्छना लगानु सरासर गलत हुन जान्छ ।’

सम्बन्धित खबर