निर्दोष सावित भएका कृष्ण बहादुर महरालाई फेरी अर्को मुद्दामा फसाउने रोशनी शाहीको धम्की

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र १०, २०७८ | ९:३३:४६

काठमाडौं, १० भदौ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट सफाई पाएका पूर्व सभामुख कृष्ण बहादुर महरा यतिबेला माओवादी केन्द्रको प्रवक्ता बनेका छन् ।


राजनीतिक रुपमा इमान्दार र व्यावहारिक रुपमा शालिन नेता महराले सभामुख रहेकै बेला संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले जबरजस्ती करणीको आरोप लगाएपछि सभामुख पदबाट राजिनमा दिए । केहीदिन मै उनी पक्राउ समेत परे । पक्राउपछि उनी लामो समय जेल जीवन समेत विताउन बाध्य भए ।


जेलजीवन विताएपछि उनी दुवै अदालतबाट निर्दोष सावित त भए तर उनको राजनीतिक जीवनमा भने ठूलो क्षेति भयो ।


श्रीमानमाथि लागेको यही झूटो आरोपका कारण श्रीमती सिता महरा ठूलो मानसिक तनावमा परिन् । केही महिना अघि महराले आफ्नो जीवन साथीलाई नै गुमाउन पुगे । अहिले महरा फेरी राजनीतिक जीवनमा उठ्ने कोशिस गरिरहेका छन् ।

तर, उनै महरालाई फेरी अर्को तनाव दिन थालिएको छ ।

उनलाई झूटो मुद्दा लगाएर फसाउने रोशनी शाहीले महरामाथि फेरी अर्को मुद्दा लगाउने कोशिस गरेकी छिन् । उनले यस्तो धम्की सामाजिक सञ्जालमै दिएकी छिन् । ‘अर्को मुद्दा बाँकी नै छ महराजी’ भन्दै रोशनीले विहिबार विहानै सामाजिक सञ्जालमा लेखेकी छिन् । त्यसो त रोशनीले आफ्नै भाञ्जा नाता पर्ने व्यक्तिलाई समेत बलात्कार मुद्दामा फसाउने कोशिस गरेको भन्दै केही महिना अघि खबर आएको थियो ।

सम्बन्धित खबर