धादिङ अस्पतालका कर्मचारी र डाक्टरमाथि आक्रमण गर्ने अभियुक्तलाई छुटाउन मेसु मधुकर सक्रिय !

diyopost.com
दियो पोस्ट  मंगलबार, भाद्र २१, २०७९ | ११:३७:३३

धादिङ । जिल्ला अस्पताल धादिङका डाक्टरमाथि आक्रमण गर्ने दुई अभियुक्त छुटाउन अस्पतालकै मेडिकल सुपरिटेन्डेन्ट मधुकर दाहालले प्रहरीलाई दबाव दिएका छन् ।

हिजो सोमबार राती अस्पतालका सुचना अधिकारी विक्रम विश्वकर्मालाई आक्रमण गर्न आएका एम्बुलेन्स चालक प्रेम अधिकारी र मेसु दाहालका सवारी चालक रुपेश लम्सालले अस्पतालमै कार्यरत डा. रेशम नेपालीलाई आक्रमण गरेका थिए । आक्रमणबाट नेपालीको घाँटी र आँखामा गम्भिर चोट लागेको छ ।

प्रहरीले मेसु दाहालको प्रभावमा परेर अभियुक्तलाई छाड्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

धादिङ अस्पतालका ‘मेसु’को निर्देशनमा डाक्टरसहित एक कर्मचारीमाथि आक्रमण, २ जना पक्राउ !

सम्बन्धित खबर