५८ प्रतिशत संक्रामक रोग जलवायु परिवर्तनका कारण !

diyopost.com
पूजा राठी
  आइतबार, भाद्र २६, २०७९ | १४:०२:०८

 

जलवायु परिर्वतनका कारण हुने परिर्वतन चिन्ताजनक विषय बन्दै गएको छ । जलवायु परिर्वतनले मानिसको स्वास्थ्यमाथि गहिरो असर पारेको छ । कोभिड –१९ जस्ता महामारीबाट अहिले सिंगो विश्व उन्मुक्त भइरहेका बेला हालै गरिएको एक अध्ययन अनुसार डेंगु, हेपटाइटिस, निमोनिया, मलेरिया र जिका जस्ता रोगहरु बढ्दै गएकाले विश्वका आधाभन्दा बढी मानिस प्रभावित हुने सम्भावना रहेको जलवायु परिवर्तनका कारण बताइएको थियो । मानिसमा फैलिने रोगहरुमध्ये ५८ प्रतिशतभन्दा बढी कुनै न कुनै मौसमी घटनाबाट प्रभावित भएको अध्ययनले देखाएको छ ।

विश्वभर जलवायु परिपर्तनको असर परिरहेको छ । युरोपका केही भाग गर्मीको लहरबाट प्रभावित भए पनि अन्य धेरै देशहरुले बाढीको सामना गरिहेका छन् । यहिबीच अमेरिकाको धेरै जंगलहरुमा भीषण आगलागी भएको खबर आएका छन् । यतिबेला भारतका धेरै क्षेत्रहरु भीषण बाढीको चपेटामा छन् । एकातर्फ ठूलो संख्यामा पहिरो खसेको खबर आएको छ भने, अर्काेतर्फ एक क्षेत्र वर्षा नहुँदा समस्यामा परेको छ । जलवायु परिर्वतनका कारण मौसममा यस्ता तिव्र परिर्वतनहरु भइरहेका छन् । नेचरमा प्रकाशित अध्ययनका अनुसार, जलवायु परिवर्तनका कारण मानिसमा फैलिने संक्रामक रोग ५८ प्रतिशतले बढ्ने सम्भावना रहेको छ । बाढी, गर्मी छाल र खडेरी जस्ता प्राकृतिक प्रकोपले मलेरिया, हन्ताभाइरस, हैजाजस्ता सरुवा रोगको जोखिम बढाएको छ । द कन्भसेसनको लेख अनुसार, ३७५ मध्ये २१८ रोग जलवायु परिर्वतनबाट प्रभावित छन् ।

उदाहरणका लागि बाढीले हेपाटाइटिस फैलाउन सक्छ । बढ्दो तापक्रमका कारण मलेरिया गराउने लामखुट्टेले आफ्नो उत्पादन र आयु बढाउँछ । खडेरीका कारण हन्तभाइरहसको प्रकोप बढ्ने सम्भावना रहेको बताइएको छ । खानाको खोजीमा जाँदा मानव समुदाय यो भाइरसको चपेटामा पर्न सक्छ । जलवायु परिवर्तनले जलवायु जोखिम र रोगहरु बढाउने एक हाजार भन्दा बढी मार्गहरु सिर्जना गरेको बताएको छ ।

जलवायु परिवर्तनले स्वास्थ्यमा खतरा
अनुुुसन्धानले बढ्दो हरितगृह ग्याँस उत्सर्जनसँग सम्बन्धित १० जलवायु परिवर्तनको खतरालाई प्राथमिकतामा राखेको थियो । जसमा गर्मीको लहर, खडेरी, समुद्री सतहको वृद्धि, आँधीबेहरी, भारी वर्षा, समुन्द्रको तापक्रम, बाढी, जंगलको आगो र भूमिमा आउने परिवर्तन समावेश छन् ।

यी सबै भाइरस, ब्याक्टेरिया, सुक्ष्म जीवहरु, बोटबिरुवा र क्रोमिस्टहरुबाट हुने रोगहरुलाई असर गर्ने अनुसन्धानले देखाएको छ । यो अनुसन्धानमा लगभग ७७,००० वैज्ञानिक पेपरको समीक्षा गरिएको थियो । त्यसमध्ये ८३० वटा पेपरमा स्पष्ट एउटा ठाँउ वा समयमा विशिष्ट बिरामीलाई प्रभावित गर्नका लागि जलवायु परिवर्तन डर लाग्दो छ ।

अनुसन्धान टोलीले जलवायु संकट र रोगबीचको प्रत्येक सम्बन्ध देखाउनका लागि अन्तरक्रियात्मक वेव पेज समेत बनाएको छ । जलवायु परिर्वतनका कारण हुने रोगहरुमा बढ्दो संख्यामा वेक्टर–बोर्न संक्रमण समावेश छन् । यो संक्रमण लामखुट्टे, चमेरो र मुसा (मुसा खरायो) आदीबाट फैलिन्छ । जलवायु परिवर्तनलाई ध्यानमा राखेर मौसम परिवर्तन (१६०), भारी वर्षा(१२२) र बाढी (१२१) बाट यति प्रकारका रोगहरु लाग्ने जोखिम रहेको छ ।

जलवायु परिवर्तनले मानिसलाई भाइरसको नजिक ल्याउँछ
अनुसन्धानका अनुसार कतिपय अवस्थामा जलवायु सम्बन्धी खतराहरु, जनावर र जीवहरुको दायराले ठूलो संख्यामा ब्याक्टेरिया फैलाउन र रोगहरु बढाउन काम गरिहेको छ । उदाहरणका लागि वर्षाको ढाँचामा आएको परिवर्तनले लामखुट्टेको उत्पत्तिलाई परिवर्तन गर्न सक्छ । लामखुट्टे मानिसमा सर्ने धेरै भाइरस रोगहरुको वाहक हो ।

हालैका दशकहरुमा मलेरिया र डेंगु जस्ता लामखुट्टेबाट हुने रोगहरुको प्रकोप जलवायु परिवर्तनको खतरासँग जोडिएको छ । जलवायु प्रकोपले मानिसको व्यवहारमा पनि परिर्वतन ल्याउन सक्छ, जसका कारण भाइरसजन्य रोगको जोखिम पनि बढ्छ । उदाहरणका लागि गर्मीको लहरमा मानिसहरु बढी समय पानीमा बिताउँछन् । जसले गर्दा पानीबाट हुने रोगहरु लाग्न सक्छ ।

बढ्दो तापक्रमले भाइरसलाई गर्मी प्रति अधिक प्रतिरोधी बनाउँछ । जसले गर्दा रोगको गम्भीरता बढ्ने अध्ययनले पत्ता लगाएको छ । जसको कारण मानिसलाई छिट्टै ज्वरो आउने खतरा रहन्छ । अध्ययनले विश्वव्यापी तापक्रममा भएको वृद्धिका कारण फङगल भाइरसको ताप सहनशीलता पनि बढ्दै गएको देखाएको छ । फङगल संक्रमण वृद्धि हुने सम्भावना जलवायु परिर्वतनसँग जोडिएको छ ।

जलवायु सम्बन्धित खतराहरुले पनि शरीरको स्थिति परिवर्तन गरेर भाइरससँग सामना गर्ने मानिसको प्रतिरोधात्मक क्षमतालाई कम गरेको छ । जलवायु सम्बन्धित खतराले मानिसहलाई खतरनाक अवस्थामा बाँच्न बाध्य र तनाव थप्ने काम गरेको छ । यी सबैले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्छ ।

जलवायु परिवर्तनको प्रकोपले पूर्वाधारलाई असर गर्छ, जसका कारण मानिसहरु रोगको सिकार हुने गर्दछन् । रिपोर्टको अन्त्यमा कोभिड–१९ जस्ता भाइरसजन्य रोग लागेपछि मानिसमा यस्ता रोगहरु प्रति संवेदनशिलता बढेको बताइएको छ । यस्ता खालका संक्रमणहरु अधिक मात्रामा मानिसमा रोग निम्त्याउने र मृत्यु समेत हुने कारक तत्व बन्न पुग्छन् । त्यसका साथै ठूलो मात्रामा सामाजिक, आर्थिक क्षेत्रलाई पनि असर गर्छ ।

भारतमा जलवायुका कारण मानिसको जीवनमा खतरा
भारतमा जलवायु परिवर्तन र यसले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । देशको कमजोर स्वास्थ्य व्यवस्थाले यो समस्यालाई अझ बढाएको देखिन्छ । जसको परिणाम कोभिड–१९ महामारीको प्रारम्भिक चरणमै देखिएको थियो । नेशनल हेल्थ पोर्टलका अनु्सार पर्यावरणसँग सम्बन्धित रोगको जोखिमलाई हेर्दा भारतमा यसबाट ठूलो संख्यामा मानिसको मृत्यु हुन सक्छ ।

भारतमा २०३० देखि २०५० सम्म जलवायु परिवर्तनको कारण कुपोषण, मलेरिया, झाडापखाला र उच्चतम तापको कारण साढे दुई लाख बढी मानिसहरुले आफ्नो ज्यान गुमाउन सक्छन् । जसमा वायु प्रदूषण, खडेरी, बढ्दो तापक्रम र पानीबाट हुने रोगहरु प्रमुख हुन् ।

सम्बन्धित खबर