रोकिएन नेप्सेको पहिरोः ३८ अंकले घट्दा एक अर्ब २२ करोडको सेयर किनबेच

दियो पोस्ट  

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा पुनः गिरावट आएको छ । आज पनि नेप्से ३८ दशमलव ८१ अंकले घटेर १८ सय ३७ दशमलव ६० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात अंकले घटेर तीन सय ५८ दशमलव ८७ अंकमा झरेको छ ।

नेप्सेमा मंगलबार दुई सय ३१ वटा कम्पनीहरुको ३० हजार एक सय ३५ पटकको कारोबारमा ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता सेयर खरिद(बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २० दशमलव चार अंकले घटेर १२ सय ७४ दशमलव ५७ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक एक सय ६ दशमलव ७६ अंकले घटेर तीन हजार दुई सय ३२ दशमलव २२ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक ६९ दशमलव ४५ अंकले घटेर एक हजार नौ सय ८८ दशमलव ५६ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सूचक एक सय १९ दशमलव ३१ अंकले घटेर सात हजार पाँच सय २३ दशमलव ५० अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय ५७ दशमलव ६१ अंकले घटेर आठ हजार सात सय ३१ दशमलव नौ अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९२ प्रतिशतले बढेर १५ सय ३८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कालिका पावर लिमिटेडको प्र्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर तीन सय रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर