बाह्रविसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पाले गरे लेटरप्याड दुरुपयोग !

दियो पोस्ट  

सिन्धुपाल्चोक, १९ भदौ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालीकाका मेयर निम्फुन्जो शेर्पाले आफ्नो नीजि कामका लागि नगरपालीकाको सरकारी लेटरप्याडको चरम दुरुपयोग गरेका छन् ।

केहि दिनअघि उनको अवैध समान रसुवा नाकाबाट राजधानी ल्याउँदै गरेको सुचनाको आधारमा राजश्व अनुसन्धान विभाग ललितपुरले मेयर शेर्पाको सामान बोकेको तीन वटा मालबहाक ट्रक नियन्त्रणमा लिएको थियो ।

उनको गाडी राजश्वले नियन्त्रणमा लिए पनि सुचनाभने कतै दिइएन् ।


समान र गाडी नियन्त्रणमा लिएको ५ दिनपछि मेयर शेर्पाको गाडी राजश्व कार्यालयले नियन्त्रणमा लिएको पुष्टि गरेपछि मेयर शेर्पाको अवैध धन्दाको विषयमा समाचार प्रकाशित भएको थियो ।

उनी अवैध व्यपारिक क्रियाकलापमा संलग्न हुने गरेका छन् । तर आफ्नो विषयमा प्रमाणसहित समाचार प्रकाशित भएपछि आत्तिएका मेयर शेर्पाले बाह्रविसे नगरपालीकाको लेटरप्याड प्रयोग गरेका छन् । सरकारी लेटरप्याड कस्तो कार्यामा प्रयोग गरिन्छ भन्ने सामान्य विवेक समेत प्रयोग नगरेको आरोप उनीमाथि स्थानियले लगाएका छन् ।


लेटरप्याडमा आफू नगरपालीकाको मेयर भएपछि व्यवसायमा संलग्न नरहेको झुट विज्ञप्ति निकालेपनि राजश्व अनुसन्धानले भने उनलाइ ६ लाख जरिवाना गरेको बताइएको छ । सो लेटरप्याडमा न सचिवालयको नाम छ न कुनै दर्ता वा पत्र चलानी नम्बर लेखिएको छ । त्यो कुनैपनि लेखिएको छैन् ।

TATA ADD