संस्कृतीविद् सत्यमोहन जोशीलाई पृथ्वी प्रज्ञा पुरस्कार

संस्कृतीविद् सत्यमोहन जोशीलाई पृथ्वी प्रज्ञा पुरस्कार

काठमाडौँ, भदौ ३१ । संस्कृतीविद् सत्यमोहन जोशीलाई पृथ्वी प्रज्ञा पुरस्कारले सम्मानीत गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चारचार बर्षमा प्रदान गर्ने पुरस्कार यसपाली जोशीलाई दिने निर्णय गरेको हो । पुरस्कारको राशी चार लाख रहेको छ ।

मंगलबार बसेको प्राज्ञासभाको वैठकले दुई–दुई बर्षमा प्रदान गरिने नेपाल सामाजिकशास्त्र, संस्कृती तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धरलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरि प्रा.डा. टंकप्रसाद न्यौपानेलाई नेपाली भाषा पुरस्कार प्रदान गर्ने निर्णय समेत गरेको छ । दुवै पुरस्कारको राशी एक–एक लाखको रहेको छ ।

त्यसैगरी प्रत्येक एक-एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ का लागि मदन रेग्मी, २०७६ का लागि भागीरथी श्रेष्ठ, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा-साहित्य), २०७६ का लागि अमृत योञ्जन तामाङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य), २०७६ का लागि अशोक थारू (थारू, भाषा-साहित्य)लाई प्रदान गरिने भएको छ। सबै पुरस्कारको राशि एकएक लाख रुपैयाँ रहेको छ। 

प्रज्ञा-प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। यी पुरस्कारको राशि एक-एक लाख रहने छ। 

Trending News