प्रधानमन्त्री ओलीको प्रतिवद्धता: ‘मुलुकले काँचुली फेर्छ, त्यसको नेतृत्व म गर्दै छु’

दियो पोस्ट  

काठमाडौँ, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माण भइसकेको नेपालले काँचुली फेर्ने बताएका छन् । संविधान दिवसको अवसर पारेर सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले देशले अब काँचुली फेर्ने बताएका छन् ।

उनले मुलुकलाई काँचुली फेर्नका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । ‘ म प्रतिवद्धता जाहेर गर्दछु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पुरा हुन्छन् । यस अभियानको नेतृत्वमा म छु ।’ उनले भने देश विकास हुने पर्याप्त आधार र सम्भाव्यताहरु रहेको बताउँदै प्रधानमन्त्री ओलीले जनताको मुर्छित सपनाहरुलाई साकार पार्न सरकार दृढतापुर्वक लागिपरेको पनि उल्लेख गरे ।

पारिवारिक विछोड, उत्पीडन र छटपटीबाट उन्मुक्ति पाएका सबै नेपालीहरुका लागि आजको दिन स्वतन्त्रता दिवस भएको उनले बताए। ुयो प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव हो। त्यसैले यो हाम्रो राष्ट्रिय दिवस न त फगत तामझाम हो, न आम जनतामा अरुचि हुने निरङ्कुश शासकहरुको ‘उर्दी र तामेली’ जस्तो हो

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्ष नहुन आह्वान गरे। नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा आउन ढिलाइ नगर्न आग्रह गर्दै उनले बाटो भुलेकाहरु चाँडै नै मुलधारमा सक्रिय हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएको उल्लेख गर्दै राजनीतिको नाममा शान्ति, सुरक्षा र मुलुकको राष्ट्रिय एकतालाई खल्बल्याउने खालका संविधान र कानुन विपरीतका गतिविधिलाई सरकारले कडाइका साथ रोक्ने चेतावनी पनि दिए।