गोकुल बास्कोटाले कमिशन डिल गरेको अडियो सार्वजनिक गर्ने मिश्रलाई अख्तियारले बोलायो !

दियो पोस्ट  

काठमाडौं : ७० करोड काण्डमा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो टेप बाहिर ल्याउने विजय प्रकाश मिश्रलाई ७ दिनभित्र हाजिर हुन अख्तियारले उर्दी जारी गरेको छ ।


सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मा उनै मिश्रसँगको भएको कमिसन डिलकोअडियो सार्वजनिक भएपछि बास्कोटाले पदबाट राजिनमा दिएका थिए ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलमा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ,’ अख्तियारको सूचनामा भनिएको छ, ‘यो म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस आयोगको प्रहारी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भई जानेछ।’
यतिबेला जापानमा रहेका मिश्र यतिबेला जापानमा छन् ।

TATA ADD