काठमाडौं, १७ भदौ । वागमति प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई चुनाव हारेका नेता हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लाका भएका कारण उनले प्रदेश प्रमुख पद पड्काए । तर, उनै प्रसाईका छोराले समेत प्रदेशको रजिष्टर पद हत्याएको खुलेको छ ।
झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा पराजित प्रसाईले आफ्दा छोरा राजेशलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्टर बनाइएका छन् । विष्णु प्रसाद स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजित भएका थिए ।
स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका आचार्यले २० हजार ७७६ मत ल्याएका थिए भने तत्कालीन एमालेका उम्मेद्वार प्रसाईंले १९ हजार ४२२ मत ल्याएका थिए ।
स्थानिय निकायमा पराजित भएका प्रसाईलाई १९ कात्तिक २०७६ मा बाग्मती प्रदेशको प्रमुख प्रमुखका रुपमा सपथ(ग्रहण गराएको थियो । यो विषयलाई लिएर नेकपाकै कार्यकर्ताले समेत विरोध गरेका थिए ।
प्रदेश प्रमुख बाबुकै उपस्थितिमा राजेशले हेटौंडास्थित रजिष्टरको पद पाएका छन् ।
मदन भण्डारीका नाममा यो प्रतिष्ठान वागमती प्रदेश सरकारले गठन गरेको हो ।