नेकपाको सचिवालय बैठक शुरु, राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने विषयमा निर्णय हुने !

दियो पोस्ट  

काठमाडौं, १८ भदौ । लामो समयदेखि अवरुद्ध नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा जुगलका अनुसार केहीबेर अघि बैठक शुरु भएको हो ।

बैठकले राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विषयमा टुंगो लगाउने छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

अर्का अध्यक्ष प्रचण्ड भने उपाध्यक्ष वामदेव गौतमलाई पठाउने पक्षमा छन् ।

सम्बन्धित खबर