लोडसेडिङका आरोपी मुकेश काफ्ले शेरबहादुर देउवाको रोजाइमा : विभाग सदस्य छनौट !

दियो पोस्ट  

लोडसेडिङका आरोपी मुकेश काफ्ले शेरबहादुर देउवाको रोजाइमा ः विभाग सदस्य छनौट !
काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन गरेका छन्।

उक्त विभागका विवादित छवि बनाएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक मुकेशराज काफ्ले समेत सदस्य बनेका छन् । महोत्तरी घरमा भएका काफ्लेलाई देउबाले आफ्नो रोजाइमा विभागको सदस्य छनौट गरेका हुन् ।

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पछिल्लो समय सभापति देउवाले विभिन्न विभागको मनोनयन जारी राखेका छन्। रामचन्द्र पौडेल लगायत शिर्ष नेताहरुले भने मनोनयनको विरोध गरिरहेका छन्।

केन्द्रीय सदस्य एनपी साउदलाई विभागको प्रमुख बनाइएको छ ।

मनोनयन अनुसार उपप्रमुखमा विष्णु धिताल रहेका छन्। यस्तै सचिवमा विनिता अधिकारी रहेकी छिन्। विभाग सदस्य रहेका काफ्ले नेपाली कांग्रेसको उम्मेदवार समेत सिफारिस भएका थिए ।

सम्बन्धित खबर