एनएमबी बैंकद्वारा नेपालको राष्ट्रिय झण्डाको चरम दुरुपयोग, व्यापारिक प्रयोगमा देशको झण्डा !

दियो पोस्ट  

काठमाडौं, १९ भदौ । केहीदिन अघि राष्ट्रिय झण्डा जलाएको भिडियो बनाएको अभियोगमा ८ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो ।


नेपाल सरकारद्वारा राजपत्रमा जारी राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्याविधि, २०६९ अनुसार राष्ट्रिय झण्डा च्यात्ने, जलाउन नपाइने उल्लेख छ ।


सोही कार्याविधिको दफा ११ ग मा नेपालको राष्ट्रिय व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको छ । तर, राजधानीको बबरमहलमा मुख्य कार्यालय रहेको एनएमबी बैंकले भने कार्यविधि विपरित नेपालको राष्ट्रिय झण्डालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको छ ।


कार्यालयको अगाडी रहेको होर्डिङ बोर्डसँगै टाँसेर एनएमबी बैंकले राष्ट्रिय राष्ट्रिय झण्डा राखेको छ । यस विषयमा एनएमबी बैंकका सुचना अधिकारी सुदेश उपाध्यायलाई सम्पर्क गर्दा राष्ट्र बैंकको निर्देशन अनुसार नै झण्डा राखेको तर, हटाउन नभ्याएको प्रतिक्रिया दिए ।


यस विषयमा गृहमन्त्रालयका सुचना अधिकारी प्रेमलाल लामिछानेलाई सम्पर्क गर्दा उनले राष्ट्रिय दुरुपयोग गर्न वा व्यापारिक प्रयोजनमा प्रयोग गर्न नपाइने कार्याविधिमा लेखे अनुसार नै हुनुपर्ने बताए ।

यद्यपी यस विषयमा उनले सम्बन्धित निकायसँग बुझेर यदि गलत प्रयोजनले प्रयोग गरेको पाइए हटाउने समेत जानकारी दिए ।

TATA ADD