धादिङ हत्या प्रकरण : यी हुन् व्यक्ति हत्या गरि टाउको झोलामा हालेर प्रहरीमा पुग्ने राजु !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, १९ भदौ । सामान्य विवादमा व्यक्तिको टाउको नै काटेर झोलामा हालेर प्रहरी कार्यालयमा आउने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।


विहिबार राती धादिङको निलकण्ठ नगरपालिका १३ खल्चेतमा सोमबहादुर गुरुङको हत्या भएको थियो ।
विहिबार रातको समयमा जिल्ला धादिङ नीलकण्ठ न.पा.१३ खल्चेत स्थित डिल बहादुर गुरुङको घरमा घेवाको निम्तो मानी घर फर्कने क्रममा सोही ठाउँका बाहुन धारा खोल्सा र मनरुपी मन्दिरको कच्ची सडकमा प्रतिवादी जिल्ला धादिङ साविक साँकोष गा.वि.स.वडा नं.५ हाल निलकण्ठ न.पा.१३ खल्चेत बस्ने वर्ष २६ को राजु परियार र जिल्ला धादिङ साविक साँकोष गा.वि.स.वडा नं.५ हाल निलकण्ठ न.पा.१३ भोर्ले बस्ने वर्ष ६५ को सोम बहादुर गुरुङबीच सामान्य विवाद भएको थियो ।


परियारले आफ्नो घरमा गएर झोलामा र खुर्पा समेत लिएर आएर उनको घाँटी रेटि हत्या भएको थियो । मृतकको टाउँको समेत झोलामा राखी प्रतिवादी आफै शुक्रबार राती एक बजेको समयमा प्रहरी कार्यालयमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई ७ दिनको म्याद थपी अनुसन्धान अघि बढाइएको छ ।

TATA ADD