मछिन्द्रनाथको रथयात्रा विवादमा प्रहरीलाई ढुंगा हान्ने प्रेस ज्याकेट लगाएका युट्युबर पक्राउ

दियो पोस्ट  

काठमाडौँ : बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्।

उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको जनाएको छ । पक्राउ परेका व्यक्ति युट्युबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप भएको थियो।

सुरुमा रथ तानिरहेका बेला प्रहरी हस्तक्षेप गरेर तितर वितर बनाएको भीड फेरि थप संख्यासहित रथ तान्न पुगेपछि पुल्चोक क्षेत्र रणमैदान जस्तै बनेको थियो। प्रहरीले भीड नियन्त्रण गर्न लाठी, अश्रुग्यास र पानीको फोहोराले प्रहार गरेपछि जवाफमा स्थानीय नेवार समुदायका युवाहरुले ढुंगामुढा, गुलेलीले आक्रमण गरेका थिए।

प्रहरीमाथि घरको छत छतबाट समेत घरेलु वस्तुले आक्रमण गरिएको प्रहरीले जनाएको छ। त्यस्तै उक्त झडपमा खटिने १८ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ । यसले उक्त रथयात्रामा आउनेहरुलाई समेत संक्रमणको खतरा बढेको छ ।

सम्बन्धित खबर