थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ। संक्रमित हुनेहरुमा ६ सय ९२ जना पुरुष र ३ सय ४९ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ। हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन्।

यस्तै काठमाडौँ उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर

ट्रेन्डिङ