काठमाडौं, २० भदौ । नेकपाका केन्द्रीय सदस्य एवम् प्रकाशन विभागका पूर्व इन्चार्ज लेखक अनिल शर्मा ‘विरही’ चितवनको जिल्ला अस्पतालबाट पक्राउ परेका छन् ।
वैशाख २३ गतेदेखि गम्भीर घाइते भई उपचारका क्रममा हस्पिटल पुगेका नेता शर्मालाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको थियो । अदालतले विरहीलाई थुनामा राख्नुपर्ने कुनै कारण नभएकोले छाड्न आदेश दिई उपचारको लागि अस्पताल पठाएको थियोे । तर, प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ ।
हाल चितवन हस्पिटलमा उपचारको क्रममा रहेका शर्मालाई हस्पिटलबाटै नियन्त्रणमा लिएर बम बिस्फोटन तथा कर्तव्यज्यान अन्तर्गत मुद्दा चलाउन धनुषा तर्प लगिएको छ ।