अनामनगर क्षेत्रमा प्रहरी आतंक : तरकारी किन्न जानेलाई समेत दुर्व्यवहार र अपशब्द !

दियो पोस्ट  

काठमाडौं, २१ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १७ भदौमा जारी गरेको निषेधाज्ञा अनुसार विहान ११ बजेसम्म तरकारी फलफूल लगायत अत्यावश्यक सामग्रीक पसल खुल्ला रहन्छन् ।

विहान ११ बजेसम्म सर्वसाधरण हिँडेरै तरकारी तथा फलफूल किन्न जान पाउँनुपर्ने हो । तर, सिंहदरबार आसपास र अनामनगर क्षेत्रमा भने हिँडेर तरकारी किन्ने जाने र आउने सर्वसाधरणमाथि प्रहरीले दुर्व्यबहार गर्ने गरेको छ ।


आइतबार विहानै अनामनगरस्थित हनुमान थान क्षेत्रमा तरकारी किन्न गएका केही व्यक्तिमाथि प्रहरीले दुर्व्यहबार गरेको पाइएको छ ।

‘तरकारी किन्न गएको हुँ तर, तरकारी अलि राम्रो नदेखेपछि रित्तै फर्किएको थिएँ । प्रहरीको भ्यान आयो । कहाँ गएर आइस् यसलाई भ्यानमा हाल भन्दै प्रहरीका सई दुर्व्यवहार गरे,’ ती व्यक्तिले भने,‘प्रहरीले राम्रो मुखले सम्झाउन पनि सक्थ्यो । हामीले गल्ती भयो । हजुर भन्दा पनि प्रहरीले अश्लिल शब्दमा गाली गरिरहयो ।’

प्रहरीले बाटोमा तरकारी किनेर आउनेमाथि समाजिक दूरी समेत नराखी दुर्व्यहार गरिरहेको ती व्यक्तीले बताए ।


सर्वसाधारणमाथि भएको दुर्व्यवहारको विषयमा बुझ्नका लागि महानगरीय प्रहरी बृत सिंहदरबारका डिएसपी हरि बहादुर बस्नेतको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ