कोरोना संक्रमित काठमाडौंका मेयर शाक्यलाई मस्ती : सोल्टीको बास, ३ अस्पतालको सेवा !

दियो पोस्ट  

काठमाडौं, २६ भदौ । कोरोना भाइरस कोभिड १९ बाट संक्रमित बनेका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य राजधानीको सोल्टी होटलमा आइसोलेशनमा बसेको खुलाशा भएको छ ।


सोल्टिमोड स्थित निकै महँगो पाँचतारे होटलको पाचौँ तलामा रहेको स्विट रुममा शाक्य र उनकी पत्नि आइसोलेशनमा बसेको स्रोतले जनाएको छ ।


त्यस्तै उनलाई राजधानीका ३ अस्पतालले उपचार गर्ने गरेको समेत पाइएको छ । राजधानीको नख्खुमा रहेको मेडिसिटि अस्पताल, धापासीको ग्राण्डी अस्पताल र सानेपास्थित स्टार अस्पतालले उपचार सेवा प्रदान गरेको पाइएको छ । सामान्य जनता भने गम्भिर रोग लाग्दा समेत अस्पतालको बेड नपाएर छटपटिएरै मृत्युवरण गर्नुपरेको समाचार आइरहेका छन् ।

यस्तोमा मेयर शाक्य भने निकै सानदार रुपमा ५ तारे होटलमा आइसोलशनको नाममा मोजमस्ती गर्दै आएको पाइएको हो ।
काठमाडौंमा तीन वटा भन्दा बढी घर भएका शाक्य सरकारी खर्चमा सोल्टीमा बसेका हुन् ।

यस विषयमा प्रतिक्रिया लिन शाक्यको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ छ । उपमेयर हरिप्रभा खड्कीले पनि फोन उठाइनन् ।

तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने ३ दिनअघि आफूले घरमै हुँदा सम्पर्क गरेको हाल कहाँ राखिएको छ भन्ने विषयमा भने जानकारी नरहेको बताए ।

TATA ADD