बाबुको सम्पत्तिमा छोराहरुको भिडन्त : पद्म ज्योति र रुप ज्योतिको झगडामा सौरभ ज्योतिको ईन्ट्रि !

दियो पोस्ट  

काठमाडौं, २८ भदौ । नेपालको प्रतिष्ठित अर्बपति व्यावसायिक घराना ज्योति समुहमा दाजु भाईबीच बाबुको सम्पत्तिलाई लिएर लफडा भएको छ । उनीहरुबीचको लफडाले मारामारको रुप लिएको छ ।


स्वर्गिय मणिहर्ष कंशाकारले स्थापना गरेको ज्योति समुहमा उनका छोराहरु पद्म ज्योती र रुपज्योतिको लडाई एक अर्कामा हिलोछ्यापाछाप मात्रै होइन प्रशासनदेखि बक्तव्यबाजी सम्म पुगेको छ । कंशाकारले आफ्ना सम्पत्तिहरु दुई छोरा र एक अविवाहित छोरीको नाममा भागबण्डा गरिदिएका थिए ।

राजधनीको कान्तिपथमा रहेको ज्योति भवन प्रयोगलाई लिएर दाजु भाईबीच लफडा भएको छ । उनीहरुबीचको लफडामा पद्म ज्योतिका छोराहरु समेत समलग्न रहेको छ ।


केहीदिनअघि कान्तिपुर दैनिका पद्म ज्योतिले एक विज्ञप्ति जारी गर्दै ज्योति भवनमा रहेको ग्राण्डी सिटि अस्पताल अवैध रहेको बताइएको थियो । उनीहरु दाजु भाईकै लगानी रहेको ग्राण्डीले पद्यमलाई भाडा नतिरहेको र अस्पताल दर्ता समेत नभएकाले सर्वसाधरणलाई उक्त अस्पतालमा नजान घुमाउरो ढंगले आग्रह गरेका थिए ।


‘केही वर्षअघि भाई डा. रुपज्योती र मिला सायमी नामक महिलाले हामीबाट सञ्चालित सिटि हस्पिटल एण्ड क्लिनिक प्राली नामक कम्पनीले सञ्लालनको लागि म पद्म ज्योतीको स्वामित्व रहेको घरको केही खण्ड बहालमा दिनु होस् भनी अनुरोध गरेकोमा मैले मोखिक रुपमा मञ्जुर गरेको थिएँ,’ गत बुधबार कान्तिपुर दैनिकमा प्रकाशित विज्ञप्तिमा भनिएको छ,‘तर निजहरुले कुनै सम्झौतामा सही न गरेको र बहाल रकम दिन आलटाल गरि आएकोले घर खालि गरिदिन औपचारिक रुपमा सुचना दिए पनि घर भवन खाली गरिििदएका छैनन् ।’

गत असार ३ मा रूप ज्योति, मिला सायमीलगायतले सञ्चालन गरेको ग्राण्डी सिटी अस्पतालको घरमा आफ्नो केही खण्ड रहेको र त्योबापतको बहाल आफूलाई नबुझाएको आरोपपत्र उनले पठाएका थिए । पठाउनुभएको थियो। उहाँले स्वीकृतिबिना आफ्नो नाममा रहेको प्रथम तल्ला र दोस्रो तल्ला प्रयोग गरेको भन्दै भाइलाई तल्ला खाली गराउन र ६ वर्षको बक्यौता तिर्नका लागि पत्र काटेका थिए ।

त्यस्तै उनले उक्त अस्पतालाई लिएर विभिन्न निकायमा उजुरी गरेको समेत स्विकार गरेका छन् । पद्म ज्योतिको विज्ञप्ति अनुसार उक्त अस्पतालले जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुसार इजात पत्र समेत पाएको छैन ।


तर, सोही विषयमा आज फेरी कान्तिपुर दैनिकमा अर्को विज्ञप्ति छापिएको छ ।
दाई पद्म ज्योतिले भाई रुप ज्योतिको अस्पतालमा अन्याय गरेको भन्दै लामो विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा उनले आफ्ना दाजुले लगाएको आरोपको खण्डन गरेका छन् ।

आइतबार ग्राण्डी सिटिद्वारा प्रकाशित विज्ञप्ति अनुसार आफू पूर्णतः कानुनसम्मत तरिकाले सञ्चालनमा रहेको र पद्म ज्योतिको गलत प्रचारवाजीमा नलाग्न सरोकारवाला आग्रह गरेका छन् । विज्ञप्तिमा पद्म ज्योति, शौरभ ज्योति, सुहृद ज्योतिलाई ढोकामा फलाम पाता, प्लाइउड लगाई बन्द गर्ने जस्ता काम गर्दै अस्पताल प्रवेशमा रोक लगाउने तथा कर्मचारीलाई धम्क्याउने कार्य गरेको समेत आरोप छ । पद्म ज्योतिका छोरा शौरभ ज्योति उद्योग वाणिज्य महासंघको उपाध्यक्षको उम्मेदवार बनेका छन् ।


पद्म ज्योतिलाई हटाउन ‘कु’


ज्योति समुहको व्यापारिक घरानामा लाजैमर्दो घटना पत्रिकामै सार्वजनिक भएको छ । ज्योति समुहको आधिकारिक वेभसाइटमा अध्यक्षको रुपमा पद्म ज्योतिको नाम उल्लेख छ । उपाध्यक्ष छन् भाई रुप ज्योति ।

तर, आज प्रकाशित कान्तिपुरका एउटा हार्दिक बधाई भन्दै विज्ञापन छापिएको छ । जसमा ज्योति समुहको अध्यक्षमा रुप ज्योति निर्वाचित भएको र निवर्तमान अध्यक्ष पद्म ज्योतिलाई धन्यवाद सहित कृतज्ञता ज्ञापन गरिएको छ ।

सामान्यतया अध्यक्ष निर्वाचित हुने व्यक्ति कहिले र कुन मितिको साधारण सभाबाट अध्यक्ष भए भन्ने मिति उल्लेख गरिन्छ ।

तर, उक्त विज्ञापनमा भने २०७७ साल वैशाख १० र त्यसअघिका विभिन्न मितिमा सम्पन्न साधारण सभा भन्दै अमुर्त विषय उल्लेख गरिएको छ । विज्ञप्ति मार्फत नै पद्म ज्योतिलाई अध्यक्ष पदबाट हटाइएको जानकारी दिइएको छ ।

सम्बन्धित खबर