मेडिकल सामग्री खरिद प्रकरणमा मुछिएको ओम्नी समुह सरकारको कालोसुचिमा !

दियो पोस्ट  

काठमाडौं, २९ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न भन्दै सरकारले मेडिकल खरिदमा अघि सारेको कम्पनि हो–ओम्नी समुह ।

उच्च राजनीतिक घरानाको संरक्षणमा विभिन्न ठेक्का पट्टामा जोडिएको ओम्नी समुहले नै चीनबाट मेडिकल सामग्री खरिद गरेको थियो । मेडिकल सामग्री खरिदमा सबैभन्दा विवादास्पद बनेको यो कम्पनि अन्तत : सरकारको कालोसुचिमा परेको छ ।
प्रधानमन्त्री कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालोसुचिमा राखेको जानकारी गराएको छ ।


स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता अख्तियारले छानबीन गरिरहेको बेला सरकारले भने सेनालाई उक्त सामग्री खरिदको ठेक्का दिएको थियो ।


ललितपुरको कृष्णगल्लीमा कार्यालय रहेको ओम्नी विजनेस कर्पोरेट इन्टरनेश्नल (ओबिसिआइ)लाई एक वर्षसम्म कालोसुचिमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ओम्नीको मुख्य व्यक्ति तुलहरि सिंह उनको नाम समेत कालोसुचिमा सामेल भएको छ ।

TATA ADD