असोज १ गतेदेखि नै लामो दूरीको यातयात खुल्यो, भाडा ५० प्रतिशत महँगो !

दियो पोस्ट  

काठमाडौँ – सरकारले असोज १ गतेदेखि नै लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्ले बुधबारदेखि लामो दूरीकाका सवारी साधान खोल्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

लामो तथा सार्वजनिक यातायातले कोरोना महामारीबाट बच्न आवश्यक सजगता अनिवार्य रुपमा अपनाउनुपर्नेछ। ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउनेछन्।

उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य सेनिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क पन्जा लगाउनुपर्ने छ।

सरकारले तोकिएको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म भाग लिन पाउनेछन्।

सरकारले सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेको हो।

सरकारले नेपाल भारतबाट नेपाल प्रवेश गर्ने थप दुईवटा नाका खुला गर्ने निर्णय पनि गरेको छ। इलामाको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ। त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको छ।

सम्बन्धित खबर