रक्सी खाएर सडकको पोल भाँच्ने आइएमएसका सिओओ : डिआइजी पोखरेलको आदेशमा छुटेको खुलाशा

दियो पोस्ट  

काठमाडौं, १ असोज । बुधबार राजधानीको मण्डिखाटारमा राति कार दुर्घटना हुँदा विजुलीको पोल मात्रै भत्किएन सडक नै क्षेतिग्रस्त बन्यो । विजुलीको पोल नै भाँच्ने गम्भिर दुर्घटनाको कारण मापसे सेवन रहेको खुलेको छ ।

अत्याधिक मापसे सेवन गरि गाडी चलाएका नवीन पोखरेलले सवारी दुर्घटना गराएको खुलेको छ । मापसे गरि ‘हिट एन्ड रन’ गराउने नविन नेपाल चेम्बर अफ कमर्सकाउपाध्यक्ष समेत रहेका दीपक मल्होत्राको स्वामित्व रहेको आइएमस समुहको सिओओ (चिप अफरेशन अफिसर) रहेको खुलेको छ ।


सोही कारण उनलाई प्रहरीले पक्राउ समेत नगरेको तथ्य बाहिर आएको छ । शक्तिकेन्द्रकै आडमा उनले यति ठूलो सवारी दुर्घटना गराउँदा समेत प्रहरीले पक्राउ नगरेको हो । कार चालक पोखरेललाई जोगाउन महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले दबाव दिएको स्रोतले बताएको छ ।

डिआइजी पोखरेलका ‘बन्धु’ समेत रहेका अभियुक्त चालक नविन पोखरेललाई जोखाउन पूर्व एआइजी नवराज ढकालले समेत दबाव दिएको पाइएको छ ।

पटक पटक सुन तस्करीको आरोप लागेका मलहोत्राको कम्पनिमा पूर्व एआइजी ढकाल समेत जागिर गर्छन् ।


प्रदेश नम्बर ३–०१–०२२ च ६७५३ नम्बरका कार चालक ४२ वर्षीय नवीन पोखरेलले मापसे गरी कार चलाउँदा सार्वजनिक पोल भाचिएपछि उनलाई पक्राउ गर्नुपर्ने माग उठेको छ ।

पोखरेलले अतयाधिक मदिरा सेवन गरि का चलाएपछि स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा कार सडक छेउतिर हुत्तिएर बिजुलीको पोलमा ठोक्किन पुगेको थियो ।

प्रहरीले मुख्य अभियुक्तलाई जोगाएर कारलाई मात्रै नियन्त्रणमा लिएको छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई यस विषयमा बुझ्न सम्पर्क गर्दा ट्राफिक प्रहरीले चालकलाई नियन्त्रणमा लिएर सिभिल प्रहरीलाई बुझाएको बताए । उनले दियोपोस्टले फोन गर्दा गर्दै उक्त घटनाबारे लाइभ जानकारी लिएका थिए । उनलाई रिपोर्टिङ गर्ने अफिसरले बताए अनुसार सिभिल प्रहरीले चालक पोखरेललाई आफन्तको जिम्मा लगाइसकेको छ ।

सिभिल प्रहरी महानगरीय प्रहरी आयुक्त कार्यालय महतहत रहन्छ । उनको यो रिपोर्टिङले डिआइजी पोखरेलकै निर्देशनमा अभियुक्त छुटेको पुष्टि हुन्छ ।

मापसे गरि सवारी दुर्घटना नै गराएको घटनामा सामान्य नागरिकलाई भने प्रहरीले पक्राउ गरि मुद्दा चलाउँछ । तर, पोखरेललाई शक्तिकेन्द्रकै आडमा उन्मुक्ति दिइएको छ ।


रातिको समय भएकाले कार बिहीबार बिहानसम्म दुर्घटनास्थलमै थियो ।

बिहान बाटोमा कारले बिजुलीको पोल ढालेको देखेर सर्वसाधारणले तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेपछि मात्र प्रहरीले कार लगेको थियो । उक्त कार अहिले सुकेधारा ट्राफिक बिटमा राखिएको छ ।


सर्वोच्च अदालतले ‘गम्भीर मानसिक रोग लागेको र दमको बिरामी’ भन्दै बुढानिलकण्ठ ‘हिट एन्ड रन’ मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो ।

मल्लले चलाएको कारले ठक्कर दिएर विपरित दिशाको सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो। त्यसपछि प्रहरीले मल्ललाई पक्राउ गरी मुद्दा चलायो ।

TATA ADD