काठमाडौं । सेयर बजार परिसुचक पुुन उकालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक ३० दसमलव ७८ अंकले उकालो लागेर १५ सय ७२ दसमलव १८ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव दुुई अंकले उकालो लागेर तीन सय १२ दसमलव ५० अंकमा चढेको छ । आज कुुल एक सय ९१ कम्पनीहरुको कारोवार भएकाछन ।
जसअनुसार ५३ हजार दुुई सय ४३ वटा कारोवारमा एक करोड ३२ लाख १८ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ७२ करोड ७२ लाख २२ हजार एक सय छ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये निर्जिवन बीमा समुहको सुचक घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, लघुुबित्त सहितका ११ वटा समुहको सुचक बढेकाछन ।