नेपालमा भारतीय विद्यालयको ज्यादती : लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन !

दियो पोस्ट  

काठमाडौं, १ असोज । भारतीय लगानीमा स्थापित ललितपुरको धोबीघाटस्थित डीएभी सुशील केडिया विश्व भारतीय स्कूलले लकडाउन र निषेधाज्ञाका बेला पढाउँदै नपढाएको बेलाको पनि शुल्क तिर्न भन्दै अभिभावकलाई उर्दि जारी गरेको पाइएको छ ।


डिएभीले वैशाखदेखि हालसम्मकै शुल्क नतिरे अर्धवाष्र्कि परिक्षामा बस्न नदिने पत्र समेत पठाएको छ । शिक्षा मन्त्रालयले केही दिनअघि मात्रै अनलाइन कक्षाको लिन पाउने भनेको थियो । तर, यो स्कुल असारदेखि मात्रै अनलाइन कक्षा शुरु गरेपनि बैशाख जेठसम्मकै बिल अभिभाकलाई पठाएको छ ।

कोभिड महामारीका बेला अभिभावकहरु चरम मारमा परेको बेला डिएभीले भने पढाउँदै नपढाएको समयको समेत शुल्क मागेर हैरानी गरेपछि केही अभिभावक विद्यालय नै छुटाउने पक्षमा पुगेका छन् ।


अभिभावक संघका अध्यक्ष केशव पुरीले कोभिड महामारीकै बेला पारेर डिएभी स्कुलले शिक्षा मन्त्रालय अलमलमा परेको फाइदा उठाएको बताए ।


अभिभावकलाई हैरानी दिएको डीएभी स्कूलले गत वर्षभन्दा १० प्रतिशत शुल्क बढाएर पठाएको अभिभावकहरू बताउँछन् । जस्तो– कक्षा पाँचको शुल्क ६ हजार ४५० रुपैयाँ तोकेको छ ।
साउनसम्मको मासिक शुल्क र ५ हजार ५०० भर्ना शुल्क बुझाउन नसकेका विद्यार्थीलाई अर्धवार्षिक परीक्षामा बस्न नदिने विद्यालयद्वारा प्रेषित सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर