काठमाडौं, १ असोज । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को कुल पुर्णाङ्कको ४० अंकका लागि अनलाइनबाट परिक्षा लिने विषयमा प्रकाशित समाचार हल्ला मात्रै भएको पाइएको छ ।
कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा बारे विभिन्न सञ्चार माध्यमहरुले अफवाह फैलाएको भन्दै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले विज्ञप्ती सार्वजनिक गरेको छ ।
केही सञ्चार माध्यमहरू मार्फत आपूmखुशी परीक्षा सञ्चालनका विधिहरूबारे काल्पनिक समाचार सम्प्रेषण भइरहेकोले त्यसप्रति परीक्षा नियन्त्रण कार्यालयको गम्भीर ध्यानाकर्षण भएको वार्डले जनाएको छ । परीक्षा सञ्चालनको लागि हालसम्म कुनै निर्णय नगरेको समेत वार्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ती जस्ताको तस्तै
विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ का कारण कक्षा १२ को परीक्षा हालसम्म स्थगित अवस्थामा रहेको व्यहोरा सबैलाई अवगत नै छ । तथापि केही सञ्चार माध्यमहरू मार्फत आपूmखुशी परीक्षा सञ्चालनका विधिहरूबारे काल्पनिक समाचार सम्प्रेषण भइरहेकोले त्यसप्रति परीक्षा नियन्त्रण कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । बोर्डले परीक्षा सञ्चालनको लागि हालसम्म कुनै निर्णय गरेको छैन । अतः यस प्रकारका भ्रामक समाचारमा विश्वास नगर्न सम्बद्ध सबै सरोकारवालाहरूमा हार्दिक अपिल गरिन्छ । विद्यार्थी मूल्याङ्कनका विभिन्न विधिहरू हुन सक्छन्, त्यसतर्फ छलफल चलिरहेको छ । परीक्षा सञ्चालन गर्ने अवस्थामा बोर्डको आधिकारिक निर्णयसहितको परीक्षा कार्यतालिका समेत सार्वजनिक सञ्चार माध्यम मार्फत प्रकाशित हुने नै छ । अतः भ्रम सिर्जना हुने गरी कुनै पनि समाचार एवं टिप्पणीहरू प्रकाशन नगरिदिनुहुन समेत सम्पूर्ण सञ्चार माध्यमहरूलाई अनुरोध गरिन्छ । – परीक्षा नियन्त्रक