मदिरा पिएर कुटपीट गरेको अभियोगमा युवा संघ धादिङका अध्यक्ष दीपक खतिवडा पक्राउ !

मदिरा पिएर  कुटपीट गरेको अभियोगमा युवा संघ धादिङका अध्यक्ष दीपक खतिवडा पक्राउ !

दियोपोस्ट संवाददाता,


धादिङ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङ जिल्ला अध्यक्ष दीपक खतिवडाको समुहले पृथ्वीराजमार्ग स्थित आदमघाटमा केही युवामाथि कुटपीट गरेको खुलेको छ ।

विहिबार गजुरी गाउँपालिका आदमघाटमा केही युवालाई दशैंको खसि ल्याइदिन पर्यो भन्दै बोलाएको थियो ।

आदमघाट स्थित चन्ना दिदिको होटलमा पुगेका खाजा खाएर बसिरहेका सुरेश रेग्मी, विष्णु अधिकारी र दिनेश रेग्मीलाई तिमीहरु त माओवादी रहेछौ भन्दै अपशब्द बोलेर हातपात गरेको भन्दै उजुरी परेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीले उनीहरुले उजुरी दिएका आधारमा खतिवडा र उनकै समुहका रमेश अधिकारीलाई पक्राउ गरेको छ ।


उनीहरुले मादक पदार्थ सेवन गरि उक्त होटलमा रहेको महिलालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । खतिवडा र अधिकारीले पीडितहरुलाई बाटो हिँड्न समेत नदिने धम्की दिएको उजुरीमा उल्लेख छ ।


कुटपीट र महिलामाथि दुर्व्यहारमा समलग्न खतिवडा प्रधानमन्त्री ओली निकट व्यक्ति हुन् । उनी स्थानिय सांसद भूमि त्रिपाठीको संरक्षणमा पृथ्वीराजमार्ग क्षेत्रमा गुण्डागर्दीमा समेत समलग्न भएको आरोप छ ।

कुटपीटबाट घाइते भएकाहरु


प्रहरी स्रोतका अनुसार मापसे गरि कुटपीट गरेको अभियोगमा प्रहरील उनलाई पक्राउ गरिसकेको छ ।

Trending News