रिद्धि सिद्धि सिमेन्टद्वारा राष्ट्रिय वन सखाप : सयौँ रुख नष्ट , ३ हेक्टर जमिनमा अबैध डोजर !

रिद्धि सिद्धि सिमेन्टद्वारा राष्ट्रिय वन सखाप : सयौँ रुख नष्ट , ३ हेक्टर जमिनमा अबैध डोजर !

काठमाडौं, २ असोज । मकवानपुरको रक्सिराङ गाउँपालिकामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्रमा डोजर लगाएको पाइएको छ ।


रक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा रहेको सिमेन्ट उद्योगले इआइए प्रतिबेदन स्वीकृत बिनै राष्ट्रिय वन क्षेत्रमा डोजर चलाएर ३ सय भन्दा बढी रुख बोट विरुवा नष्ट गरेको पाइएको हो ।

उद्योगसम्म लैजाने सडक निर्माणका क्रममा रिद्धिसिद्धिले गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्रमा डोजर चलाएको पाइएको हो ।

वन विनास गरेको अभियोगमा डिभिजन वन कार्यालय राप्तीले जिल्ला अदालतमा सिमेन्ट उद्योगका प्रबन्धक सहित सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई समेत वन मुद्दा दर्ता गरेको छ ।


रिद्धिसिद्धि सिमेन्टले राक्सीराङ गाउँपालिका ४ मा रहेको उद्योगले गिगुंडडाँडा चुनढुंगा खानी उत्खनन् गर्न प्रोसपेक्टिभ लाइसेन्स मात्रै लिएको थियो । माइनिङ स्किम तथा आइइ र इआए समेत स्विकृत नगरी बाटो विस्तार गरेको र राष्ट्रिय वन क्षेत्रमा ३ सय ११ वटा रुख तथा विरुवा नष्ट गरेको भन्दै उजुरी परेको थियो ।


डिभिजन वन कार्यालय राप्नीले रिद्धिसिद्धि सिमेन्टको प्रबन्धक गणेशकुमार सिंह लगायतलाई अदालतमा मुद्दा दर्ता गरेको पाइएको छ ।


दियोपोस्टले प्राप्त गरेको १९ पृष्ठको अभियोग पत्र अनुसार रक्सिराङ गाउँपालिका वडा नम्बर ४ रतुवा देखि देविटार गिगुंडाँडासम्म रिद्धि सिद्धि सिमेन्टकै लगानीमा बाटो विस्तार भएको थियो । राष्ट्रिय वन क्षेत्रमा बिना अनुमति चारवटा डोजर प्रयोग गरि मनोमानी रुपमा बन बिनास गरेको अभियोग पाइएको छ । अभियोग पत्र अनुसार सिमेन्ट उद्योगले २.२८ हेक्टर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । ३११ वटा बोट विरुवा नष्ट गरेको अभियोगमा ४ लाख ६६ हजार २ सय ८६ रुपैयाँ ५० पैसा विगो दाबी गरिएको छ ।


गत पुस २१ गते नै जिल्ला अदालत मकवानपुरले सिमेन्ट उद्योगका प्रबन्धक गणेश कुमार सिंह सहितका सञ्चालकलाई पक्राउ पूर्जि जारी गरेको थियो । पक्राउ पूर्जि जारी उनीहरु भागेको अभियोग पत्रमा उल्लेख छ ।


रिद्धि सिद्धि सिमेन्ट उद्योगकै लगानीमा अशोक सप्लायर्स नामक कम्प्निबाट चार वटा स्क्याभेटर ल्याइ वन क्षेत्रमा २०७५ पुस ५ गते नै डोजर चलाइएको थियो । तर, राप्ति वन डिभिजन कार्यालयले झण्डै एक वर्ष पछि मात्रै उनीहरु विरद्ध अभियोग पत्र अदालतमा दर्ता गरेको छ ।


अभियोग पत्रका अनुसार वन विनास गर्न रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई सल्लाघारी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष आसमान तामाङले नै सहयोग गरेका थिए । उनलाई समेत प्रभावमा पारी मिलमेतोमा वन क्षेत्र ध्वस्त पारिएको थियो ।


त्यस्तै वन कार्यालयले दायर गरेको अभियोग पत्र अनुसार रसुवा गिगुं, देविटार सडक मर्मत तथा उपभोक्ता समुहका अध्यष रामचन्द्र लोलाई समेत प्रभावमा पारेको देखिन्छ । उनको समेत मिलेमतो देखिएपछि वन कार्यालयले उनीहरुलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

डोजर तथा स्क्याभेटर प्रायोग भएको अशोक सप्लायर्सका मालिक समेत आसमान मोक्तान नै हुन् ।
रिद्धिसिद्धि सिमेन्ट उद्योगले स्थानिय उपभोक्ता समिति लगायत व्यक्तिहरुलाई रजाएर राष्ट्रिय वन क्षेत्रका ६ सय ६४ दशमलव ९७ क्यफिट काठ नष्ठ गरेका छ । ३.२४ चट्टा दाउरा नष्ट गरेको छ ।

Trending News