काठमाडौं, ७ असोज । सम्झौताको सर्त अनुसार प्रगति नगरेको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले दुई निर्माण कम्पनीलाई कारवाही गर्ने सुचना सार्वजानिक गरेको छ ।
सडक आयोजना कार्यालयको सुचना अनुसार चावहील, जोरपाटी र साखुरोड सडक खण्डको ठेक्कामा काम गरिरहेको युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रा.ली र ढोलाहिट, सानाकोटी र चापाँगाउ सडक खण्डको निर्माण ठेक्का हात पारेको दिवा÷शैलुङ जे.भि लाई ७ दिनभित्र स्पष्टिकरण सहित उपस्थित हुन निर्देशन दिइएको छ ।
युनाइटेड बिल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लीका मालिक शकुन्तलाल हिराचन हुन् । उनी नेपाल निर्माण व्यावसायी महासंघको पूर्व अध्यक्ष समेत हुन् । त्रिपुरेश्वरमा रहेको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरका मालिक समेत उनै हिराचन हुन् । उनी निर्माण व्यावसायी महासंघको सल्लाहाकार समेत हुन् ।
कोरोना भाईरसको कारण देखाई थप मागिएको समय भित्र समेत कार्य सम्पन्न गर्ने तर्फ कुनै ठोस कार्य नदेखाएको भन्दै जिसिसि दफा ५७ बमोजिम ठेक्का ताडी सोहि सम्झौताको दफा ५९ बमोजिम कम्पनि कालो सुचिमा राख्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चेतावनी दिएको छ ।
यसअघि मल खरिद काण्डमा कालोसुचिमा परेको शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनलाई समेत कालोसुचीमा राख्ने चेतावनी आयोजनाले दिएको छ ।
त्यस्तै काठमाडौं मलको भाडा ठेक्का हात पारेको दिवा जेभीलाई पनि कालो सुचिमा राख्ने चेतावनी आयोजनाको छ ।