काठमाडौं, ८ भदौ । सहकारी विभागले सन्दर्भ व्याजदर लागु गर्दै कार्यान्वयनका लागि सुचना जारी गरेको छ ।
विभागद्वारा विहिबार जारी सुचनामा यहि कार्तिक १५ गतेदेखि लागु हुनेगरि सन्दर्भ व्याजदर तोकिएको छ । उक्त मितिदेखि सबै सहकारीहरुले आफ्ना सदस्य तथा ऋणीलाई ऋण प्रदान गर्दा अधिकतम १४.७५ भन्दा बढि लिन पाइने छैन । त्यस्तै बचत र ऋणको ब्याजदर ६ प्रतिशत भन्दा कम हुनेगरि निर्धारण गर्न समेत सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।
सहकारी ऐन, २०७४ अनुसार तोकिएको सन्दर्भ व्याजदर सहकारी संस्थाका लागि निर्देशक व्याजदरको रुपमा रहनेछ । विभागले यदि तोकिएको भन्दा बढि ब्याज लिने सहकारीलाई काराबही गर्ने चेतावनी समेत दिएको छ ।