हिटलरको कब्जाबाट सिग्मन्ड फ्रायडलाई बचाएकी बोनापार्टको कहानी, जसलाई इतिहासले भुल्यो ! 

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र १७, २०७८ | १७:२१:४४

कतिपय व्यक्तिहरूमेरी बोनापार्टलाई महिलाहरूको कामुकता यानिकी चरम यौन आनन्दको खोजी एवं अध्ययन गर्ने अग्रणी अनुहारको रुपमा चिन्ने गर्दछन्, जबकी अन्य व्यक्तिहरूको लागि बोनापार्ट एक धनि महिला थिइन्, जसको उठबस त्यस समयका प्रतिष्ठित व्यक्तिहरूसँग थियो । 

यद्यपी यथार्थता यो हो कि फ्रान्सका पूर्व सम्राट नेपोलियन प्रथमकी भतिजी एवं ड्युक अफ एडिनबारा प्रिन्स फिलिपको काकी मैरी बोनापार्ट (१८८२-१९६२) माथि ज्यादतर इतिहासकारहरूको नजर गएको छैन ।  

साँचो कुरा यो हो की- मेरी बोनपार्ट एक राजकुमारी मात्रै होइन यौन अवस्था र मानसिक अवस्थाको विश्लेषण गर्न चाहने व्यक्ति थिइन् । आफ्नो अध्ययनको क्रममा उनी एक विद्यार्थी र बिरामीको रुपमा सिग्मण्ड फ्रायडको अस्पतालसम्म पुगेकी थिइन् ।

उनको जीवनीकारहरूको अनुसार उनी एक रमाइलो स्वभावकी महिला थिइन्, जसले शाही परिवारका सदस्यसँग जस्तै सजिलै वैज्ञानिकहरूको बीचमा पनि व्यवहार गर्न सक्थिन् । उनी सधैं यौनसम्पर्क गर्दा महिलाले प्राप्त गर्ने आनन्दसँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्नमा नै व्यस्त हुन्थिन् । यही खोजीमा नै उनको ज्यान पनि गयो ।

मेरी बोनापार्टको बाल्यकाल :

मेरी बोनापार्टको जन्म पेरिसको एक प्रसिद्ध र धनी परिवारमा भएको थियो । उनी मेरी फेलिक्स र फ्रान्सका राजकुमार रोलाण्ड नेपोलियन बोनापार्टकी छोरी थिइन ।

उनका हजुरबुबा फ्रान्स्वा ब्लान्क एक प्रसिद्ध व्यापारी र क्यासिनो मोन्टे कार्लोका संस्थापक थिए । तर मेरीको जीवन बाल्यकालदेखि नै त्रासदीले भरिएको थियो । उनी जन्मकै समयमा मरेर बचेकी थिइन । उसको जन्मको एक महिनामा नै आमाको निधन भयो ।

उनको बाल्यकाल समस्याले ग्रस्त थियो भने उनले एक्लोपनको समस्या सहनु पर्‍यो । उसको कुनै साथी वा भाइबहिनी थिएनन् । यस्तो अवस्थामा उनी आफ्नो बुबासँग बढी समय बिताउँथिन् । उनका बुबा एक मानवशास्त्रविद् र भूगोलशास्त्री थिए । उनी आफ्ना हजुरआमासँग एकदमै डराउँथिन् ।

सानै उमेरदेखि उनी विज्ञान, साहित्य र लेखनका साथ आफ्नो शरीरसँग सम्बन्धित धेरै प्रश्नहरू सोध्ने गर्थिन् । 

एकदिन मेरीको हेरचाह गर्ने महिलाहरूमध्ये एक मिमउले उनलाई हस्तमैथुन गरिरहेको अवस्थामा भेटिन् ।

१९५२ मा मेरी आफैँले डायरीमा भएको घटनाका बारेमा लेखेकी थिइन् । त्यतिबेला मिमउले भनेकी थिइन् ‘यो पाप हो, यो स्वीकार्य छैन । यदि तपाईंले यो काम गर्नुभयो भने तपाईं मर्नुहुनेछ ।’

उनले आफ्नो लेख ’द थ्यौरी अफ फिमेल सेक्सुआलिटी अफ मेरी बोनापार्ट’ मा नेली थाम्पसन लेख्छिन्, ‘आफ्नो डायरीमा बोनापार्टले दाबी गरेकी छन् कि आठ वा नौ वर्षको उमेरमा उनले आफैंले हस्तमैथुन गर्न छाडिन् किनभने उनलाई मिमउले चेतावनी दिएकी थिइन् कि कामुकतामा आनन्द खोज्दा उनको मृत्यु हुन सक्छ ।’

सानै उमेरदेखि नै मेरीमा विद्रोहको बिउ पलाएको थियो । उनी यो स्वीकार्न तयार थिइनन् कि महिलाहरूले कसैको अधीनता स्वीकार्नुपर्छ । उनले किशोरावस्थामा नै अँग्रेजी र जर्मन भाषा पढ्न थालिन् तर उनको हजुरआमा र बुबाले अचानक उनलाई परीक्षा दिन रोक लगाए ।

थम्पसनका अनुसार यसपछि मरियमले आफैँलाई दोष दिँदै लेखेकी थिइन् “मेरो नाम, मेरो ओहोदा, मेरो भाग्य । खास गरी मेरो लिंगप्रति धिक्कार छ, किनकि यदि म केटा हुँदो हुँ त ती मानिसहरूले मैले गरेको जस्तो सुकै प्रयासलाई पनि रोक्ने थिएनन् । त्यस युगमा महिला र पुरुषलाई लिगको नभई लैंगिक आधारको रुपमा हेर्ने गरिन्थ्यो । बीस वर्षको उमेरमा टेक्नुअघि मेरी सेक्सको बारेमा विभिन्न विचारहरू राख्थिन्, त्यस समयमा उनको सम्बन्ध आफ्ना पिताको एक सहायकसँग चलेको थियो, जो विवाहित थिए ।

उसको लागि यो प्रेम चक्कर एक प्रकारको काण्ड भयो । जुन ब्ल्याकमेलिंग र अपमानको साथ समाप्त भयो । मेरीका बुबाले मेरीलाई ग्रीस र डेनमार्कका राजकुमारसँग गराउने निधो गरे । जसलाई उनी आफ्ना ज्वाइँको रुपमा हेर्न चाहन्थे । प्रिन्स जर्ज मेरी भन्दा १३ वर्ष जेठा थिए । मेरी ती राजकुमारसँग बिहे गर्न राजी भइन्, उनीहरुको एथेन्समा १२ डिसेम्बर १९०७ मा विवाह भयो ।

महिलाको कामुकताका बारेमा अध्ययन

मेरी बोनपार्टको आत्मज्ञानको बारेमा देखिएको भोक र महिलाको कामुकता एवं खुसी बुझ्ने उनको चाहनाले उनको अध्ययनलाई अगाडि बढायो । सन् १९२४ मा उनले एई नरजनीको छद्म नाममा ‘नोट्स अन द एनाटोमिकल कजेज अफ द फ्रिजिडिटी इन विमेन’ यानी महिलाहरुमा उदासिनताको शारीरिक कारणको बारेमा उनले एक लेख लेखिन् ।

अमेरिकाको जर्जियास्थित इमोरी विश्वविद्यालयका न्युरोएन्डोक्रिनोलोजीका प्रोफेसर किम बेहलेन भन्छिन्, ‘उनी सधैं यही एउटै कारणले चिन्तित हुन्थिन् कि उनलाई जोकोहीसँग यौनसम्पर्क गर्दा पनि चरम सुख प्राप्त भएन । फेरि उनी यो मान्न पनि तयार थिइनन् कि महिलाहरुलाई आफैंले गर्ने हस्तमैथुनबाट पनि चरम सुख मिल्छ ।’

मेरी बोनापार्ट विश्वास गर्छिन् कि यदि एक पुरुषसँग यौन एक चरमोत्कर्ष प्राप्त गर्न सक्षम छैन भने यो शारीरिक समस्याका कारण पनि हुन सक्छ ।

उनले यसलाई बुझ्नको लागि एउटा सिद्धान्त सिर्जना गरिन्, जसअनुसार महिलाको बजाइना र क्लिटोरिसको बीचमा दुरी जति धेरै कम हुन्छ । यौनसम्पर्कको समयमा उति नै धेरै चरम सुख पाइन्छ । उनले आफ्नो यो थेसिसमा काम गर्ने समयमा २४० महिलाको वजाइना र क्लिटोरिसको बीचको दुरीको नाप लिएकी थिइन् ।

उनको सिद्धान्तले धेरै जोड महिलाको शारीरिक बनावटलाई ध्यान दिने गर्छ । तर मानसिक रुपमा महिलाको परिपक्वतालाई भने वेवास्ता गर्छ । मेरीको अध्ययनले महिलाको भेगिना र क्लिटोरिस बीचको दुरी शल्यक्रियाबाट कम गरियो भने पनि यौनसम्पर्कको समयमा चरम आनन्द प्राप्त गर्न सक्छन् भन्ने देखायो ।

तर उनको अध्ययन यस सवालमा पूर्ण रूपमा गलत साबित भयो । प्रोफेसर वालेन शल्यक्रिया गरेर भेगिना र क्लिटोरिसबीचको दुरी कम गर्दैमा यौनसम्पर्कको समयमा चरमानन्द प्राप्त गर्न नसकिने बताउँछन् । तर मेरीले आफ्नो अध्ययनलाई प्रामाणित गराउनको लागि तीनपटक आफ्नै शल्यक्रिया गरिन् ।

सिग्मन्ड फ्रायडसँग गहिरो मित्रता:

सबै समस्याहरूका बाबजुद मेरी बोनापार्टले हार मानिनन् । उनले यौन निराशा र यौन कठिनाइ सम्बन्धी उनका प्रश्नहरूको उत्तर खोज्ने काम जारी राखिन् । १९२५ मा उनी भियना गएकी थिइन् । एक प्रसिद्ध मनोविश्लेषक सिग्मन्ड फ्राइडलाई भेट्नु नै उनको भियना यात्राको मुख्य उद्देश्य थियो ।

मेरी बोनापार्ट फ्रायडको बिरामीको रुपमा अस्पताल भर्ना भइन् । तर चाँडै मेरीको मनोविश्लेषणमा चासो बढ्यो र ती दुई असल साथी भए । मेरीपछि फ्रायडको विद्यार्थी भइन् । ‘उनी फ्रान्सेली महिला थिइन, जसले फ्रायडसँग मनोविश्लेषणसम्बन्धी अध्ययन गर्थिन्’ स्विजरल्याण्डको लुजेन विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक रेमी अमोरक्स भन्छिन् ।

फ्रायडसँग बोनापार्ट

यसरी मेरी बोनापार्टल महिलाको यौन आनन्दको बारेमा अध्ययन गर्नको लागि सिग्मण्ड फ्रायडसँग समेत साथी बन्न पुगिन् । 

यसपछि, मनोविश्लेषणको क्षेत्रमा प्यारिसमा मेरी बोनापार्ट एक परिचित नाम बनिन । राजकुमारीको रुपमा आफ्नो आधिकारिक डायरीमा आफ्ना बिरामीहरूको बारेमा उनले सविस्तार लेखेकी छन् । 

तर, भाग्यले तब मोड लियो, जब अस्ट्रियामाथि नाजी जर्मनीहरूले हमला गरे । त्यतिबेला, उनले फ्रायडको जिन्दगी बचाइन् । आफ्नो पैसा र प्रभावको प्रयोग गर्दै मेरीले फ्रायड र उनको परिवार भियनादेखि लन्डन पुर्याइन् । 

१९३८ को एक अन्तर्वार्ताको क्रममा फ्रायडले भनेका थिए, “जब म ८२ वर्षको थिएँ, म भियनास्थित आफ्नो गाह्र छोडेर भागेको थिएँ । त्यतिबेला जर्मनीले हमला बोलिसकेको थियो । आशा गर्छु, सबै ठीक हुनेछ ।”

देश छाड्दै फ्रायड

एक स्वतन्त्र सोच भएकी महिला :

व्यावसायिक परिपक्वताले अन्ततः मेरी बोनापार्टलाई महिलाको कामुकताको विषयमा आफ्नै सिद्धान्तको विरोध गर्न प्रेरित गर्यो । पछि उनले शल्यक्रिया गरेर पनि वास्तविक यौन आनन्द प्राप्त गर्न सकिन्छ भन्ने मान्यतालाई आफैंँले खारेज गरिन् ।

प्रोफेसर वालेन भन्छिन्, मेरीले अन्ततः उनले आफ्नै सिद्धान्तलाई पूर्ण रूपमा खारेज गरिन् ।’ उनी भन्छन्, ‘१९५० मा उनले ’फिमेल सेक्सुआलिटी नामक पुस्तक प्रकाशित गरे जसमा उनले यसअघिका आफ्नै अध्ययनका सिद्धान्तहरूलाई उनले पूर्ण रूपमा अस्वीकार गरेकी छन् ।’

प्रोफेसर रेमी अमोरौक्सले कयौँ वर्षसम्म प्यारिसमा मेरी बोनापार्टको कामको अध्ययन गरेका छन् । “उनी एक अद्भुत महिला थिइन् । उनको रुची साहित्यमा थियो, राजनीतिमा थियो । उनी शाही घुलमिलमा पनि बरोबर सरिक होइरहने गर्थिन् । उनले फ्रायडलाई समेत चुनौती दिएकी थिइन् ।  अझ यसो भन्न सकिन्छ होला, २० औँ शताब्दीको पहिलो हिस्साको सुप्रसिद्ध सबै व्यक्तिहरूसँग उनको उठबस थियो”, अमोरौक्स भन्छन्,”उनी फेमिनिस्ट मुभमेन्टको एक महत्त्वपूर्ण अनुहार हुन् ।” 

(बीबीसी हिन्दीबाट अनूदीत) ।

सम्बन्धित खबर