ओखलढुंगाको निर्वाचन रोचक मोडमा: एमालेलाई काँग्रेसको डर, काँग्रेसलाई माओवादीको भर !

आम निर्वाचन ०७९

- युवराज पहाडी  

काठमाडौं । ओखलढुङगाका चर्चित युवा नेताहरु विच हुने प्रतिस्पर्धाका कारण ओखलढुंगाको माहोल तातेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, प्रदिप सुनुवार माओवादी केन्द्रका वावुराम गौतम र नेकपा एमालेका यज्ञराज सुनुवार, ज्ञान वहादुर खडका, अमिर गुरुङबीचको प्रतिस्पर्धाले ओखलढुंगाको माहोल तातेको हो ।

प्रतिनिधिसभामा नेपाली काग्रेसका उमेद्धवार युवा पुस्तामा बढी परिचित रामहरि खतिवडा आगामी चुनावमा दोस्रो पटक प्रमुख प्रतिस्पर्धीका रुपमा मैदानमा छन् । खतिवडा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर २०७४ को बदला लिने तयारीमा छन् भने सुनुवार एमालेबाटै ह्याट्रिक गर्ने कसरतमा छन् तर जिल्लामा अडी कसेर गाउँगाउ पुगेका उनको पक्षमा राम्रो माहोल अझै वन्न सकेको छैन ।

त्यसो त २०७४ को निर्वाचनमा सुनुवार माओवादीसहितको समर्थनमा विजयी बन्दा खतिवडा कांग्रेसको एकल प्रतिस्पर्धामा होमिएका थिए तर परिर्णाम अर्को आए पनि खतिवडा जिल्लामा सधै आकर्षणको पात्र वनिरहँदा उनका पपुलर भोट बढिरहेका छन । यसपटक परिस्थिति फेरिएको छ, अघिल्लो निर्वाचनमा एमालेका सुनुवारलाई जिताउन हिडेको माओवादी यस पटक खतिवडाको पक्षमा खुलेरै जिताउन लागिरहेको छ
। त्यतिमात्रै होइन, माओवादीसहित एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीले आफ्ना उमेद्धवारलाई फिर्ता वोलाएर नेपाली काग्रेस, माओवादीलाई जिताउन आग्रह गरिरहेका कारण जनमतमा गठवन्धन अगाडी देखिन्छ ।

०७४ को निर्वाचनमा खतिवडा थोरै मतान्तरले सुनुवारसँग पराजित भएका थिए । अहिले पुनः प्रतिस्पर्धामा उत्रिएका दुवै नेताका लागि ग्रामिण वस्तिका पार्टीमा राम्ररी नखुलेका भोटर निर्णायक हुने देखिन्छन । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाको मत परिणाम हेर्दा कांग्रेस बलियो देखिन्छ । साथै, योपटक माओवादीसँग गठबन्धन पनि गरेकाले वडाको भोटमा कांग्रेस उम्मेदवार अगाडि रहेको देखिन्छ ।

स्थानीय निर्वाचनमा वडा तहमा कांग्रेसले सबैभन्दा बढी ३३ हजार मत, दोस्रोमा एमालेको २८ हजार र माओवादी केन्द्रले ६ हजार मत प्राप्त गरेको थियो । जसकारण समेत गठवन्धन वहुमतमा छ । जिल्लाको ठुलो एउटा समुहले एमालेका यज्ञराजलाई साथ नदिने छनक दिईसकेको छ भने रामहरिको निकट यो जनमत रहँदा निर्वाचन झन रोचक हुने देखिन्छ । खतिवडाका पपुलर मत सुनकोशी, चम्पादेवी, मानेभन्ज्याङ, लिखु र चिशंखुगढी गाउपालिकामा अत्याधिक देखिन्छन भने यज्ञराज मोलुङको अलि बढि आसामा बसेका छन ।

सिद्धिचरण नगरपालिका र खिजिदेम्वाको निर्णायक मत गठवन्धनको पक्षमा रहदा खतिवडाको उपस्थिति अव्वल देख्न सकिन्छ । उता प्रदेश ‘ख’ मा नेकपा एमालेले जिवी खड्कालाई मैदानमा पठाएको छ भने गठवन्धनको तर्फवाट माओवादी केन्द्रका वावुराम गौतम प्रतिपर्धामा छन् ।

काग्रेसको यो क्षेत्रमा उचित तलमेल हुन नसक्दा एमालेले फाइदा उठाउन सक्ने देखिन्छ । माओवादीका उमेद्धवार गौतमले सकेको आश्वस्त वनाउने प्रयास जारी राखेका छन् । जिवी साम दाम र दण्डले निर्वाचनमा खटेका छन् । लिखु, चम्पादेवी, सुनकोशी र मानेभन्ज्याङका नातागोताको लामो लिस्ट वोकेर खड्का उन्न्त ढङगले लाग्दा गठवन्धनका कार्यकर्ता थप अन्योलतामा रहेको देखिन्छ ।

काग्रेसका २० प्रतिशद अशन्तुष्ट जनताको खोजिमा लागेका खडकालाई रोक्न काँग्रेसका नेताहरुले तयारी सुरु गरेका छन् । सम्पुर्ण काँग्रेसका नेता कार्यकर्ता भरसक एकभोट पनि तलमाथि गर्न हुन्न भन्नेमा सहमत छन् । माओवादी उमेद्धवार गौतमको पक्षमा काग्रेस एक हुदा समेत जिवी जित निकाल्ने प्रयासमा हुने देखिन्छ । उनि पछिल्ला दिन सकारात्मक ढंगले अगाडी वढिरहेको देखिन्छ ।

प्रदेश ‘क’ मा नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदिप कुमार सुनुवारको पक्षमा जनमत रहेको देख्न सकिन्छ । यस अगाडीको प्रदेश निर्वाचनमा एमालेका अमिर गरुङको पक्षमा लागेको समुह अहिले सक्रिय रुपमा देखिएको छैन । चिशंखुगढी गाउपालिका अध्यक्षसँग घमासानको द्वन्दपछि त्यस पालिका उनको प्रतिकुलतामा छ । सिद्धिचरण नगरपालिकामा समेत काग्रेसको स्थानीय सरकार रहेकाले उनलाई गृह पालिकाको समेत चाहिने जति साथ नहुने प्रष्ट छ ।

काग्रेसका नेता प्रदिप सुनुवारको पक्षमा खिजिदेम्वा एक मतले उभिने छ भने कार्यकर्तामा जोस जागर समेत वढिरहेको देख्न सकिन्छ । त्यसैले यो पटकको निर्वाचनमा परिणाम आफनो पक्षमा पार्न नेता तथा कार्यकर्ताको पङित जनताका घरआगममा खडा रहेको बुझिन्छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ