प्रचण्डको आरोपः ओली राजतन्त्र फाल्न सम्भव छैन भन्थे, ‘पावर’मा पुगेपछि उल्ट्याउन लागे

दियो पोस्ट  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली संविधान बन्दैगर्दा गठातन्त्रको पक्षधर नरहेको र अहिले पावरमा पुगेपछि त्यसैलाई उल्टाउने षडायन्त्रमा लागेको आरोप लगाएका छन् ।

बयलगाडा चढेर अमेरिका पुग्नु सरह हो भन्ने ओलीले त्यसबेला गणतन्त्र बाध्यतामा स्वीकारेको र सरकारको नेतृत्वमा, पावरमा पुगेपछि संविधान र गणतन्त्रलाई नै उल्टाउने काममा लागेको प्रचण्डको आरोप थियो ।

‘नेपालमा संविधानसभा सम्भव छैन । राजतन्त्र फाल्न सम्भव छैन भन्ने नेताहरु थिए । तर, त्यतिवेलाका सात राजनीतिक दल र माओवादीबीच संघीय लोकतान्त्रिक गणतन्त्रका लागि एक हुनुपर्छ भन्नेर हामी संविधानसभासम्म पुग्यौं । हिजोको गोरुगाढावाला सिद्धान्तका मान्छेले संविधानमा हस्ताक्षर गरेपछि संघीयता र परिवर्तनवादी भए भनेर सोचेका थियौं’, प्रचण्डले भने, ‘हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो । संविधान स्वीकारेका रहेनछन् । आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्टाउने कसरत गरे ।’

सत्ता गठबन्धन दलभित्र कांग्रेसको मत माओवादीमा र माओवादीको मत कांग्रेसमा टान्सफर गरेर एक अर्कालाई जिताउनुमा कुनै सन्देह पाल्नु नपर्ने पनि प्रचण्डले बताएका छन् । तत्कालिन कांग्रेसका सभापति समेत रहेका गिरिजाप्रसाद कोइराला दायाँतिर र आफु बाँयातिर बसेर शान्ति सम्झौता गरिएको र त्यही दिन नै आफुले कांग्रेसको रुख चिन्ह्रमा छाप लगाएको बताउँदै कांग्रेसका नेता कार्यकर्तालाई माओवादीको चुनाव चिन्ह्रमा मत हाल्न आस्वस्त पारेका थिए ।

उनले गिरिजाप्रसाद कोइरालाले पनि त्यसबेला नै माओवादीको हसियाँ हथौडामा छाप हानेको पनि अवगत गराए । उनले सवैको जित, जनताको जित र राष्टको जितका लागि शान्ति सम्झौता गरिएको र सवैले निधक्कसँग एक अर्काको चुनाव चिन्ह्रमा मत हाल्न प्रचण्डले अपिल गरे ।

सत्ता गठबन्धन दलले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेश स्तरीय संयुक्त भेलालाई सम्वोधन गदैं प्रचण्डले सत्ता गठबन्धन लामो समयसम्म जाने भएकाले गठबन्धनमा दायाँबायाँ नगर्न आग्रह गरे ।

गठबन्धन कहिलेसम्म रहन्छ, पहिलेको जस्तै जस्तै हो की भनेर प्रश्न उठने गरेको भन्दै प्रचण्डले त्यसको जवाफमा त्यसमा अव कसैले पनि शंका गर्ने नपर्ने बताए ।

केपी ओलीको प्रवृत्तिका बारेमा मैले भन्ने गरेको छु, ज्ञान प्राप्त गरेर आएको छ, अव ज्ञानी भएर आएपछि त फेरि म त्यही गल्ती त दोहोराउँदिन, मैले भन्ने गरेको छु, सवैतिर यो गठबन्धन त्यक्तिबेलासम्म जवसम्म देशमा प्रतिगमन, प्रतिक्रान्ति संविधान मिच्ने, लोकतनत्र मिच्ने,महिला, दलित, जनजाति, मुश्लिम थारुहरुले पाएको अधिकार खोस्नेहरु विरुद्ध लडाईको आवश्यकता जवसम्म रहन्छ, तवसम्म गठबन्धन रहन्छ, प्रचण्डले भने ।

प्रचण्डले भने, ‘हामीहरु एकजुट नभएको भए देश दुर्घटनामा जाने निश्चित थियो । त्यसैले हामी प्रतिगमनलाई परास्त गर्न एकजुट भएका हौं । त्यसैले मंसिर ४ को निर्वाचनलाई सामान्य रुपमा नलिनुहोला । अहिले दुई प्रवृत्तिका शक्तिबीच राजनीतिक मुठभेड हुँदैछ ।’

एमाले गठबन्धन परिवर्तनविरोधी भएको प्रचण्डको आरोप छ । आगामी निर्वाचन अग्रगमन र प्रतिगनबीचको संघर्ष भएको उनले बताए ।

सम्बन्धित खबर