पर्यटन राज्यमन्त्री अरुण चौधरीका पिए अपराधिक लाभ लिएको आरोपमा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीका प्रेस सल्लाहकार (पिए) अश्विन दानी ठगी आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय टेकुकाे टाेलीले उनलाई मंगलबार काठमाडौं कपनबाट पक्राउ गरेको हो ।

टेकुका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार दानीले अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध रुपमा ठगी गर्दै आएका थिए ।

गोरखाको गोरखा नगरपालिका– ३ घर भएका दानी विरुद्ध नुवाकोटका चन्द्र बहादुर तामाङले ठगीमा परेको भन्दै जाहेरी दिएका थिए । पक्राउ परेका दानीलाई ठगी मुद्दामा थप अनुसान्धानका लागि जिल्ला पहरी परिसर, काठमाडौं पठाइएको आचार्यले बताए । दानीले पीडिलाई डर त्रासमा अपराधिक लाभ लिएको जाहरीमा उल्लेख छ ।

यस अघि पनि हिमालयन टेलिभिजनको संवाददाता छदा उनी चोरी आरोपमा पक्राउ परेका थिए । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा पक्राउ परेको हुन् ।

राष्ट्रपतिबाट आममाफी पाएर फागुन ७, २०७९ मा कैलाली कारागारबाट रिहा भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी गत साउन १८ मा राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

सम्बन्धित खबर