धादिङ, २० असोज । धादिङका प्रमुख जिल्ला अधिकारी सिडिओ गाउँको एक कार्यक्रममा हेलिकोप्टर चढेर पुगेका छन् ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे रुभिभ्याली गाउँपालिकाको वडा नम्बर ५ कपुर गाउँमा प्रभू हेलिकोप्टरमा हेलिकोप्टर चढेर पुगेका हुन् ।
ओली सरकारले कर्मचारीलाई आर्थिक रुपमा पारदर्शी बनाउने नीति लिएपनि धादिङका प्रमुख जिल्ला अधिकारी भने निकै महँगो खर्चमा हेलिकोप्टर चढेर गाउँ पुगेका हुन् ।
नमस्ते ग्रामिण विकाससमाज को १२ औँ साधारणसभा र सामाजिक लेखापरीक्षण कार्यक्रमका लागि हेलिकप्टर चढेर उनी त्यहाँ पुगेपछि स्थानियले सुरक्षा मागेका थिए ।
स्थानियले शान्ति सुरक्षा मागेपछि उनले प्रहरी युनिट राख्ने बचन दिएका थिए । सुरक्षाको दृष्टिकोणले धादिङको उत्तरी भेग निकै असुरक्षित मानिन्छ ।
सदरमुकाम धादिङवेशीबाट चार दिनको पैदल यात्रामा कपुरगाउँ पुगिन्छ ।
सिडिओ पाण्ड्येले आफू पहिरो हेर्न प्रभू हेलिकोप्टर चढेर गएको स्विकार गरे ।