सन्दिपको अर्को सनसनी: सिंगापुरविरुद्ध ४ विकेट, नेपाललाई ८२रनको लक्ष्य !

दियो पोस्ट  

काठमाडौं, २६ असोज । आइसिसी वल्र्ड टी २० एसिया क्षेत्र क्वालिफायर बी अन्तर्गत विजेताको लागि नेपालले सिंगापुरबाट ८२ रनको लक्ष्य पाएको छ । निर्धारित २० ओभरको खेलमा सिंगापुर १७.२ ओभरमा १० विकेट गुमाउँदा ८१ रनमा सीमित हुन पुग्यो ।

नेपाललाई रनको लक्ष्य दिने क्रममा सिंगापुरका लागि एस चन्द्रमोहनले २५, मनप्रित सिंहले १० रनको योगदान गर्न सके । सिद्धान्तले पनि १० रनमात्र बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले ३.३ ओभरमा१६ रन दिएर ४ विकेट लिन सफल भए । सोमपाल कामी र करण केसीले दुई दुई विकेट लिए । वसन्त रेग्मीले चार ओभरमा १३ रन दिएर एक विकेट लिए । ६ खेलमा सन्दिप २४ विकेट लिएर प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडी हुन सफल भएका छन् ।

नेपाल र सिंगापुरले यस अघिका पाँचपाँचवटा म्याच जितेका थिए । अरु कमजोर प्रतिद्धन्द्धीविरुद्ध दुवै टिमले सहज जित हात पार्दा दुवैको अंक दश दश छ । अब नेपाल र सिंगापुरबीचका विजेता यो छनोटकै विजेता हुनेछ । नेपाल र सिंगापुर दुवै अर्को चरणका लागि छानिइसकेका छन् ।

TATA ADD

सिफारिस