नुवकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो ५५ घाईते

Diyo post  

काठमाडौं– नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस बिहीबार विहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा ५५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ र ५९ वर्षीय भगवान कडेंल तथा चितवन स्थित मुग्लिङका ५६ वर्षका बलराम तिवारी रहेका छन् जिल्ला  प्रहरी कार्यलय नुवाकाेटका अनुसार तामाङ र तिवारीको घटनास्थलमा नै मृत्यु भएको र कँडेलको उपचारको क्रममा काठमाडौ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी ५५ जना घाइते भएका छन । दुर्घाटनामा परी गम्भीर घाइते भएकामध्ये ३३ जनालाई थप उपचारको लागि काठमाडौ पठाइएको छ भने २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका मध्ये चारजनालाई हेलिकोप्टर मार्फत र बाँकीलाई एम्बुलेन्समार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर