नेकपा धादिङको चियापान कार्यक्रम नेकपाकै शिर्ष नेताबाटै बहिस्कार !

दियो पोस्ट  

धादिङ, ९ कार्तिक । चाडपर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टी नेकपा सहित विभिन्न दलले आयोजना गर्ने चियापान कार्यक्रम बेला बेला चर्चामा आउने गरेको छ । ठीक त्यस्तै धादिङमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले आयोजना गरेको चियापान कार्यक्रम पनि विवादित र चर्चित बनेको छ – शिर्ष नेताहरुले नै बहिष्कार गर्नु ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालय मदन आश्रित भवनमा आयोजित चियापान तथा शुभकामना कार्यक्रम नेकपाकै शिर्ष नेताहरुले बहिष्कार गरेका छन् ।
न दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाका प्रमुख नेताहरु नै सहभागी नभएका हुन् ।
‘हामीलाई कुनै जानकारी समेत दिइएन । विचार र कार्यदिशा मिलेर नै एकता हुने हो । यसरी एकलौटी रुपमा जाँदा पार्टी एकतामा असर पुर्याउँछ,’ पूर्व माओवादीका जिल्ला नेता राम बहादुर भण्डारीले भने,‘चियापान भनिएपनि यो एउटा मात्रै ‘ओली’ गुटको कार्यक्रम जस्तो देखिन्छ ।’

नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा पुष्प विक्रम मल्ल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी, शम्भु थापा लगायत नेताहरु उपस्थित नै भएनन् ।

कार्यक्रममा नेकपा भित्र ओली समुहका नेताको रुपमा चिनिएका अधिकांश नेताहरु उपस्थित थिए । प्रमुख अतिथि नेकपाका नेता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल थिए । प्रदेश ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकट्टेल, सांसद भूमि त्रिपाठी, पूर्व माओवादीका तर्फबाट प्रदेश सांसद जगत सिंखडा, प्रदेश सांसद डा. राम कुमार अधिकारी, कांग्रेस जिल्ला सभापति रमेश धमला, पूर्व सभापति रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे लगायतको उपस्थिति थियो ।

TATA ADD

सिफारिस