काभ्रे दुर्घटनामा डिआइजी सुशील भण्डारीसहित ३ जनाको मृत्यु

diyopost.com
Diyo post  शनिबार, कार्तिक १०, २०७५ | १८:१८:०७

काभ्रे । सडक दुर्घटनामा परी बहालवाला डिआइजी सुशील भण्डारी सहित ३ जनाको मृत्यु भएको छ ।

काभ्रेमा भएको सवारी दुर्घटना पश्चात घाइते भएका भण्डारीलाई उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको थियो ।

डिआइजी भण्डारीको उपचारको क्रममा निधन भएको काभ्रेका एसपी रविराज खड्काले जानकारी दिए ।

उनीसहित मन्डन देउपुर नगरपालिका ४ का पत्रकार जीवन पराजुली, नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको पनि घटनास्थलमै निधन भएको छ ।

अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर