निर्मला हत्या प्रकरणः सयौँको डिएनए परीक्षणको तयारी, आज ४ जनाको गर्ने तयारी !

दियो पोस्ट  

–थप चार जनाको डिएनए मंगलबार आज संकलन गर्ने तयारी, अन्य सयौँको पनि नमुना संकलन गरिने

–अन्य विकल्प नभएपछि सबैको डिएनए परीक्षण

काठमाडौं, कार्तिक १३ । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा परिणाम ९७ दिनसम्म पनि शून्यमै रहेपछि प्रहरीले कन्चनपूरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।

घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको हो ।

मंगलबार डिएनए परीक्षणका लागि चारजनाको रगत परीक्षण गर्न लागिएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कन्चनपूरका एसपी कुवेर कडायतले बताए ।

प्रहरीसँग अन्य प्रमाण नभएपछि डिएनए परीक्षणलाई नै अनुसन्धानको आधार बनाईएको हो । मंगलबारको नयाँपत्रिका दैनिकमा खबर छ ।

TATA ADD