काठमाडौं, कात्तिक १४ । उखु किसानलाइ तिर्नुपर्ने करिब ४६ करोड रकम नतिर्ने व्यापारी राकेश अग्रवान राजधानीको त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । आफुले पाउनुपर्ने रकम नतिरेको भन्दै किसानहरुले दिएको जाहेरीका आधारमा अग्रवाल पक्राउ परेका हुन् ।
किसानको पैसा नतिरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।
दुवै मन्त्रालयको आग्रह बमोजिम गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा व्यापारी अग्रवाललाई किसानहरुको पैसा तिरिदिन ताकेता गरेको थियो । तर, प्रशासनको ताकेतापछि पनि अग्रवालले पैसा नतिरेपछि पक्राउ गर्न गृहले निर्देशन दिएको हो गृहमनत्रालय श्रोतले जनाएको छ ।
अग्रवालले सञ्चालन गरेको इन्दिरा सुगर एण्ड एग्रो प्राली नवलपरासीले ८ करोड र अन्नपूर्ण सुगर मिल्स प्राली सर्लाहीले ३८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको बुझिएको छ । काठमाडौ प्रहरीले अग्रवाललाई आजै जिल्ला पठाउने बताएको छ ।