मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने सरकारको निर्णय

दियो पोस्ट  

काठमाडौं, १५ असोज । सरकारले नयाँ मुख्य सचिव शंकरदास बैरागीलाई बनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई नयाँ मुख्यसचिवको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका मुख्यसचिव लोकदर्शन रेग्मीले राजिनामा दिएसँगै उनलाई मुख्य सचिवको नियुक्तीको बाटो खुलेको हो । रेग्मीको आगामी कार्तिक ३ गतेबाट कार्यकाल सकिने भएपनि समय अगाबै राजिनामा दिएका थिए ।

त्यस्तै वैरागीसहित मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी आगामी मूल्यसचिवको दौडमा रहेका छन् ।

सम्बन्धित खबर