बुटवल । नेपाली कांग्रेसका तर्फबाट ५ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद्हरुले दाङको भालुबाङकै पक्षमा मतदान गरेका छन् ।
प्रदेशसभा सदस्य शंकर गिरी, डिल्ली बहादुर चौधरी र अर्जुन श्रेष्ठले दाङको भालुबाङ राजधानी र प्रदेशको नाम लुम्बिनीको पक्षमा मतदान गरेका हुन् । उनीहरुले पार्टीको ह्विप नै उलंघन गरेका छन् ।
प्रदेश पाँचमा नेपाली कांग्रेसका १९ जना सांसद छन् । ती मध्ये १३ जनाले भने प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
उनीहरुले पार्टीको ह्विपको पक्षमा लागेर दाङका जनतामाथि अन्याय गर्न नहुने बताएका थिए ।