काठमाडौं, २१ असोज । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथी मंगलबार साङ्घातिक आक्रमण भयो । मंगलबार बिहान करिब १० बजेर १५ मिनेट जाँदा उनीमाथी विश्वविद्यालय परिसरमै आक्रमण भएको हो ।
चलाउनेको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रध्यापक चलाउनेमाथि नेवि संघकै नेताहरुले आक्रमण गरेको खुलेको छ । उनीमाथि नेपाल विद्यार्थी संगठनका त्रिभुवन विश्व विद्यालय समिति अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलले सांघातिक आक्रमण गरेको पाइएको छ ।
उनीहरु विरुद्ध प्रहरीमा उजुरी परेको छ ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार आक्रमण गर्ने विरुद्ध किर्तिपुर प्रहरीमा किटानी जाहेरी परेको छ ।
यद्धपी आक्रमणकारीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । महानगरीय प्रहरी बृत कृतिपुरका डिएसपी रुकेश तण्डुकारलाई पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् ।