गजुरी प्रहरीद्वारा २० किलो चरेश सहित झार्लाङका रेशम तामाङ पक्राउ !

दियो पोस्ट  

धादिङ, २१ असोज । धादिङ प्रहरीले २० किलो भन्दा बढी चरेश सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको तत्कालिन झार्लाङ ३ हालको खनियावास गाउँपालिका २ तर्चि घर भएका रेशम बहादुर तामाङ रहेका छन् । मंगलबार उनलाई २० किलो ८ सय ग्राम चरेश सहित इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको हो ।


३७ वर्षिय तामाङलाई गजुरी गाउँपालिकाको आदमघाट स्थित लोकमार्गबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले हरियो रंगको जेब्रा झोलामा ३ पोका र कालो झोलामा १ पोका गरि चार पोका चरेश बरामद भएको छ ।

साथै उनको साथबाट एक थान सामसुङ मोबाइल र ८ हजार नगद रुपैयाँ समेत फेला परेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । उनलाई जिल्ला अदालत धादिङबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।

सम्बन्धित खबर