धादिङ, २२ असोज । नेपालमा बेरोजगारीको ठूलो शिकारमा सबैभन्दा धेरै युवाहरु परेका छन् । उनीहरु रोजगारीको शिलशलीमा खाडी मुलुकका विभिन्न राष्ट्रहरुमा निकै जोखिमपूर्ण कामहरु गरिरहेका छन् । केही युवाले भने नेपालमै आफ्नो सिप र शक्तिलाई भरपुर प्रयोग गरेर निकै राम्रो आम्दानी गरिरहेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यान्टारमा युवाहरुको मिलेर कृषि तथा पशुपक्षि फारम सञ्चालनमा ल्याएका छन् । चार जना युवाहरुको सामहिक लगानीमा नागेश्वर कृषि तथा पशुपंक्षी फार्म सञ्चालनमा ल्याएका हुन् । स्थानिय युवाहरु ईश्वर कँडेल, विष्णुहरि उप्रेती, हरिचन्द्र गिरी, किसन गिरिले जनहि २५ लाख रुपैयाँ उठाएर करिब १ करोड लगानीमा यो फार्म सञ्चालनमा ल्याएका हुन् ।
शुरुवातमा उनीहरुले १ हजार वटा लोकल कुखुरा पालेका थिए । उनीहरुले २० हजार वटा माछा समेत पालेका छन् । त्यस्तै २० वटा बाख्रा पाल्ने योजना रहेको लगानीकर्ता ईश्वर कँडेलले जानकारी दिए । उनीहरु मध्ये कँडेल २२ महिना इजरायलमा २२ महिना कृषि तालिम लिएर फर्किएका थिए । अन्य तीन जना युवा पनि लामो समय विदेशमा बसेर नेपाल फर्किएका हुन् ।
उनीहरुले २० वटा भैँसी पालेका छन् । तरकारी खेतीका लागि टनेल निर्माण गरेका छन् । युवाहरुको समुहले बुंगुर समेत पालेका छन् । ४० वटा दुहुनो भैँसी पाल्ने योजना भने कोरोना महामारीका कारण रोकिएको उनीहरुले बताएका छन् ।
सल्यान्टार स्थित बाँझो ६० रोपनी जमिनभाडामा लिइ भैंसी, राँगो, बाङ्गुर, कुखुरा पालन गरि सोबाट आएको मलबाट शुद्ध अर्गानिक तरकारी उत्पादन गर्ने उनीहरुको लक्ष छ ।